3 years ago
April 25, 2023
एजेन्सी – युवा खेलाडी मार्क च्यापम्यानको शतकमा न्युजिल्यान्डले पाँचौं तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली पाकिस्तानमाथि ६ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै पाँच टि२० आई खेलको सिरिज न्युजिल्यान्डले २–२ को बराबरीमा सकेको छ।

जितको लागि १ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा मार्क च्यापम्यानले ५७ बलमा ११ चौका र ४ छक्कासहित १ सय ४ रनको सानदार अविजित इनिङ खेले । उनले ५४ बलमा आफ्नो पहिलो टि२० आई शतक पूरा गरेका थिए । जेम्श निसम २५ बलमा ४ चौका र २ छक्कासहित ४५ रनमा अविजित रहे ।
एक समय ७४–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई पाँचौं विकेटका लागि जेम्श निसम र मार्क च्यापम्यानले १ सय २१ रनको सानदार अविजित शतकीय साझेदारीका साथ जित पक्का गराएका थिए । ओपनर टम लाथम डक, चाद बोवेस १९, विल योंग ४ र डर्याल मिचेल १५ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । इमाद वासिमले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि रावलपिंडी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ६२ बलमा ७ चौका र ४ छक्कासहित ९८ रनमा नटआउट रहे । इफ्तिखर अहमद २२ बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा आउट भए ।
इमाद वासिम १४ बलमा ५ चौका र १ छक्कासहित ३१, कप्तान बाबर आजम १९, मोहम्मद हरिस र सैम अयुब डक आउट भए । न्युजिल्यान्डका ब्लेयर टिकनेरले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । ईश सोधीले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । पाकिस्तान सुरुवाती दुई खेलमा ८८ रन र ३८ रनले पराजित भएको थियो ।
तेस्रो खेलमा न्युजिल्यान्ड विजयी हुँदा चौथो खेल रद्द भएको थियो । च्यापम्याननै प्लेयर अफ द सिरिज चुनिए । अव पाकिस्तान र न्युजिल्यान्डबीच पाँच ओडिआई खेलको सिरिज हुनेछ । पहिलो खेल बिहीबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]