default_image

3 years ago

April 25, 2023

अस्लामको पाँच विकेटसँगै सिंगापुर १ सय १३ रनमा अल आउट

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान मोहम्मद अस्लामको पाँच विकेटमा सिंगापुरले एसिसी प्रिमियर कपमा कुवेतलाई १ सय १४ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सिंगापुर ३१.४ ओभरमा १ सय १३ रनमा अल आउट भयो ।

सिंगापुरका आमत्य कौलले ६० बलमा ९ चौकासहित सर्वाधिक ४५ रन बनाए । मनप्रीत सिंह ४४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए । कुवेतको स्पिन आक्रामण सामू निरिह बन्नेक्रममा सिंगापुरका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्पिनर मोहम्मद इस्लाम र शिराज खानले सिंगापुरको इनिङ धरासयी बनाएका थिए ।

ओपनर अरित्र दत्त ४, अवि दिक्षित २, विनोथ भास्करन, सुरेन्द्र चन्द्रमोहन ६, थिलिपन १३, अर्यान मोदी, अक्षय पुरी र रमेश कलिमुथुले खाता खोल्न सकेनन् । कुवेतका मोहम्मद इस्लामले ८.४ ओभरमा २० रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । अर्का स्पिनर शिराज खानले ६ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । यासिन पटेलले ९ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

समूह बी मा सिंगापुर सुरुवाती तीन खेलमा हारका साथ बाहिरी सकेको छ । कुवते २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कुवेतले अन्तिम खेल बिहीबार खेल्नेछ । यी दुबै खेलमा विजयी हुँदा कुवेत भने सेमिफाइनलमा स्थान बनाउनेछ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.