default_image

2 years ago

April 25, 2023

सिंगापुरलाई हराएसँगै कुवेतको सेमिफाइनल सम्भावना मजबुत

408 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कुवेतले एसिसी प्रिमियर कपमा सिंगापुरलाई ४ विकेटले हराउँदै सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाएको छ । कुवेतले दोस्रो जितका साथ सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाउँदा सिंगापुर जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय १४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतको जितमा युवा ब्याटर मित भावसर ५० बलमा १ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे । उनले स्पिनर अक्षर पुरीलाई कभरको माथी छक्का हान्दै खेल सकाएका थिए ।

यासिन पटेल २५ बलमा २ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे । सातौं विकेटका लागि मित र यासिनले ३६ रनको अविजित साझेदारीका साथ खेल सकाएका थिए । कुवेतका ओपनर अद्नान इद्रिसले २८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३८, रविजा सनदरुवान ५, कप्तान मोहम्मद अस्लाम ९ र शिराज खान १० रनमा आउट भए ।

सिंगापुरका अक्षर पुरीले ८.३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । विनोथ भास्करनले ९ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । आदित्य भर्गव र थिलिपनले समान एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सिंगापुर ३१.४ ओभरमा १ सय १३ रनमा अल आउट भएको थियो । सिंगापुरका आमत्य कौलले ६० बलमा ९ चौकासहित सर्वाधिक ४५ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । मनप्रीत सिंह ४४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।

कुवेतको स्पिन आक्रामण सामू निरिह बन्नेक्रममा सिंगापुरका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्पिनर मोहम्मद इस्लाम र शिराज खानले सिंगापुरको इनिङ धरासयी बनाएका थिए । ओपनर अरित्र दत्त ४, अवि दिक्षित २, विनोथ भास्करन, सुरेन्द्र चन्द्रमोहन ६, थिलिपन १३, अर्यान मोदी, अक्षय पुरी र रमेश कलिमुथुले खाता खोल्न सकेनन् ।

कुवेतको जितमा स्पिनर तथा कप्तान मोहम्मद इस्लामले ८.४ ओभरमा २० रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । अर्का स्पिनर शिराज खानले ६ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । यासिन पटेलले ९ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । कुवेतले अन्तिम खेलमा बिहीबार हङकङसँग मुलपानी मैदानमा खेल्नेछ । उक्त खेलमा विजयी भएमा कुवेतले सेमिफाइनलमा स्थान बनाउनेछ । पराजित भएमा वा अंक बाँडेको खण्डमा भने कुवेत बाहिरिनेछ ।

कुवेत पहिलो खेलमा युएईसँग १ सय ४३ रनले पराजित हुँदा दोस्रो खेलमा बहराइनलाई दुई विकेटले हराएको थियो । सिंगापुर भने सबै खेलमा हारका साथ बाहिरिएको छ ।

समूह बी मा हङकङ ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ खेलमा १ मा जित, एक मा हार र एक खेलमा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ। नेपाल समूह ए बाट ३ खेलमा ५ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ ।

समूह ए बाट साउदी अरेविया र ओमानबीचको विजेता सेमिफाइनलमा पुग्नेछ । प्रतियोगिता विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

June 21, 2025

विदुर मेयर कपको उपाधि वडा नम्बर ३ लाई

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]

June 21, 2025

नेपालको खेल अब कहिले ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली‌ राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]

June 21, 2025

तीन खेलाडीको शतकमा भारतको बलियो याेगफल

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]

Success

Thank you for your time.