default_image

3 years ago

April 25, 2023

युएई,ओमान र हङकङ समूह चरणबाटै बाहिरिने खतरा

470 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार ओमान, युएई र हङकङ एसिसी प्रिमियर कपमा समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । अन्तिम खेलमा जित निकाल्न नसके यी तीन ठूला टोली समूह चरणबाटै बाहिरिने समिकरण बनेको हो । घरेलु टोली नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्दा अन्य ठूला तीन टोलीको लागि भने अन्तिम खेल क्वाटरफाइनल सरह हुनेछ ।

समूह बी मा हङकङ ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा छ । हङकङले अन्तिम खेल बिहीबार कुवेतसँग खेल्नेछ । कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । हङकङ र कुवेतबीचको खेल क्वाटरफाइनल सरह हुनेछ । विजेता टोली सेमिफाइनलमा पुग्नेछ । यदि अंक बाँडेमा वा पराजित भएमा भने कुवेत स्वतः प्रतियोगिताबाट बाहिरिने छ ।

उता युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । सिंगापुर जित विहीन हुँदै बाहिरिएको छ । बहराइन र युएईबीच बुधबार प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ ।

हङकङ अन्तिम खेलमा विजयी हुँदा ७ वा वर्षाको कारण अंक बाँड्दा ६ अंक हुन्छ । सेमिफाइनलमा पुग्न उक्त अंक पर्याप्त हुनेछ । तर पराजित भएमा कुवेतको ४ खेलमा ६ अंक हुँदा सेमिफाइनल हुनेछ । हङकङ पराजित हुँदा अन्तिम आशा बहराइनको जित हुनेछ । यता हङकङ पराजित हुँदा र उता अन्तिम खेलमा बहराइनले युएईलाई हराउनु पर्छ ।

बहराइन अन्तिम खेलमा विजयी हुँदा ५ अंक हुन्छ । हङकङ र बहराइनको ५–५ अंक भएकोा खण्डमा नेटरनरेटमा निर्भर हुनेछ । युएई पराजित हुँदा भने ४ अंक मात्रै हुने हुँदा प्रतियोगिताबाट बाहिरिनेछ । युएईलाई यो खेलमा जित्नै पर्ने हुन्छ ।
उता समूह ए मा साउदी अरेविया र ओमानबीचको खेल क्वाटरफाइनल सरह हुनेछ ।

साउदी ३ खेलमा १ मा जित, १ मा हारसहित ३ अंककासाथ चौथो स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । बुधबार टियु मैदानमा हुने खेलमा विजेता टोली सेमिफाइनलमा पुग्नेछ । पराजित हुने टोली बाहिरिनेछ । समूह ए बाट नेपाल सेमिफाइनलमा पुगि सकेको छ ।

त्यसैको कारण युएई र ओमान पराजित हुँदा प्रतियोगिताबाट सिधैं बाहिरिनेछन् । कुनै आशा र सम्भावना बाँकी रहँदैन । हङकङको झिनो अंक गणीतिय आशा मात्रै बाँकी रहनेछ । समूह ए बाट नेपाल ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा नेपालमात्रै सेमिफाइनलमा पुग्ने एक्लो टोली हो ।

प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल शनिबार हुनेछ । फाइनल सोमबार हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिप्समा एसियाका टेस्ट टोलीका यू-२३ टोलीको सहभागिता रहनेछ । एसिया कप सेप्टेम्बरमा पाकिस्तान र इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ।

अंक तालिका :

समूह ए मा नेपाल ३ खेलमा २ मा जित र एक खेलमा अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्नेछ । मलेसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेर बाहिरिएको छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

ओमानले अन्तिम खेल बुधबार साउदीसँग खेल्नेछ । साउदी ३ खेलमा १ मा जित, १ मा हार १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा छ । कतार ३ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरिएको छ ।

समूह बी मा हङकङ ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमाछ । बहराइन ३ खेलमा १ मा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा छ । सिंगापुर सबै खेलमा जित विहीन हुँदै बाहिरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.