default_image

3 years ago

April 25, 2023

मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा

384 views

0 Bookmark

एजेन्सी – दुई स्पिनर राशिद खान र नुर अहमदको उत्कृष्ट बलिङमा गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३५ औं खेलमा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौं जितका साथ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५२ रन मात्रै बनाउन सक्यो । मुम्बईको लागि युवा ब्याटर नेहाल वढेराले २१ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधक ४० रनको योगदान दिए । तर प्रमुख ब्याटरले खराब प्रदर्शन गरेपछि त्यो जितको लागि पर्याप्त भने थिएन ।

कप्तान हार्दिक पान्ड्याको दोस्रो ओभरको अन्तिम बलमा रोहित शर्मा ८ बल खेल्दै दुई रनमा कट एण्ड बोल्ड आउट भए । त्यसपछि राशिद खान र नुर अहमदले मुम्बईको ब्याटिङ ध्वस्त पारेका थिए । राशिद खानको आठौं ओभरको तेस्रो बलमा ईशान किशन जोशुवा लिटिलबाट १३ रनमा क्याच आउट भए ।

यसै ओभरको अन्तिम बलमा तिलक बर्मा २ रनमा एलबीडब्लू आउट भए । क्यामरन ग्रीन २६ बलमा ३ छक्कासहित ३३ रनमा आउट भए । उनी नुर अहमदको बलमा बोल्ड आउट भए । नुर अहमदकै बलमा टिम डेविड शून्यमा क्याच आउट भए । नुर अहमदले सूर्यकुमार यादवलाई २३ रनमा एलबीडब्लू आउट गरेपछि मुम्बईको जितको सम्भावना समाप्त जस्तै बनेको थियो । पियुष चवाला १८ र अर्जुन तेन्दुलकर १३ रनमा आउट भए ।

गुजरातका नुर अहमदले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मोहित शर्माले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याको नाममा एक विकेट रह्यो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो ।

गुजरातका ओपनर शुभमन गिलले ३४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनमा आउट भए । ऋद्धिमान शाह ४ रनमा आउट भएका थिए । कप्तान हार्दिक पान्ड्या पनि १३ रनमै आउट भएका थिए । डेविड मिलर २२ बलमा २ चौका र ४ छक्कासहित ४६ रनमा आउट भए ।

युवा खेलाडी अभिनव मनोहर २१ बलमा ३ चौका र ३ छक्कासहित ४२ रनमा आउट भएका थिए । राहुल टेवाटिया ५ बलमा ३ छक्कासहित २० रनमा अविजित रहेका थिए ।पाँचौं विकेटका लागि अभिनव र मिलरले ३५ बलमा ७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए । पियुष चवाला ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । जेसन बेहरनडोर्फ, अर्जुन तेन्दुलकुरकुमार कार्तिकेयले समान एक विकेट लिए ।

गुजरात ७ खेलमा ५ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौं स्थानमा छ । चेन्नई ७ खेलमा ५ मा जित र २ मा हारसहित शीर्ष स्थानमा छ ।

समान ८ अंक भएपनि नेटरनरेटका कारण राजस्थान तेस्रो, लखनऊ चौथो, बेंगलोर पाँचौं र पन्जाब छैटौं स्थानमा छन् । गुजरातले अव शनिबार कोलकातासँग खेल्नेछ । मुम्बईले आइतबार राजस्थान रोयल्ससँग खेल्नेछ । बुधबार आइपिएलमा बेंगलोर र कोलकाताबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.