3 years ago
April 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओमानले एसिसी प्रिमियर कपमा सेमिफाइनलमा पुग्न निर्णायक खेलमा साउदी अरेवियाविरुद्ध सानदार ब्याटिङ प्रदर्शन गर्दै विशाल योगफलतर्फ अघि बढेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १६ ओभरमा कुनै विकेट नगुमाई १ सय १७ रन बनाएको छ ।

ओमानका ओपनर जतिन्दर सिंह ४६ बलमा ९ चौकासहित ५४ रनमा क्रिजमा छन् । अर्का ओपनर कश्याप प्रजापति ५० बलमा ६ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा छन् । साउदीले पाँच बलरलाई बलिङ गराएपनि कुनैपनि बलरले विकेट लिन सकेका छैनन् ।
ओमान समूह ए मा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा छ।

यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । नेपाल भने एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । नेपाल ३ खेलमा २ मा जित र १ अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]