3 years ago
April 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– युएईका स्पिनर आयन खानले एसिसी प्रिमियर कपमा सेमिफाइनलमा पुग्न निर्णायक खेलमा बहराइनविरुद्ध घातक बलिङ गर्नेक्रममा ५५ बल डट राखेका छन् । आयनले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिए ।

आयनले बलिङ गरेको ६० बल मध्य ५५ बल डट राखेका छन् । उनको घातक बलिङसँगै मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बहराइन ३० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनाएको छ । बहराइनका कप्तान हैदर बटले ४९ बलमा ४ चौकासहित सर्वाधिक २३ रन बनाए ।
स्पिनर आयन खानको चौथो ओभरको अन्तिम बलमा शहबाज पाँच रनमा एलबीडब्लू आउट भए । रोहन मुस्तफाले पाँचौं ओभरको पाँचौं बलमा जुनैद अजिज शून्यमा एलबीडब्लू आउट भए । लगत्तै अर्को बलमा सोहिल अहमद कट एण्ड बोल्ड आउट भएका थिए ।
अर्को ओभरको पाँचौं बलमा आयन खानले मोहम्मद युनिसलाई १६ रनमा कट एण्ड बोल्ड आउट गरेपछि बहराइन २३-४ को दयनीय अवस्थामा पुगेको थियो ।तल्लोक्रममा अब्दुल मजिद ११ र इमरान अनवारले १४ रन बनाए । त्यस्तै स्पिनर रोहन मुस्तफा र कार्तिक मयाप्पनले समान दुई विकेट लिएका छन् ।
समूह बी मा युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ ओभरमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । युएई यस खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा युएई बाहिरिनेछ । बहराइन विजयी हुँदा भने सेमिफाइनलमा पुग्न कुवेत र हङकङबीचको नतिजा पर्खनु पर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]