2 years ago
April 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर आयन खानले घातक बलिङ गरेपछि एसिसी प्रिमियर कपमा बहराइनले सेमिफाइनलमा पुग्न युएईलाई १ सय १७ रनको सामान्य लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ४०.५ ओभरमा १ सय १६ रनमा अल आउट भयो । एक समय ८०-९ को अवस्थामा पुगेको बहराइनलाई अन्तिम विकेटका लागि अली दाउद र वासिक अहमदले ३६ रनको साझेदारी गर्दै एक सय रनको योगफल कटाएका थिए ।
अली दाउद ४७ बलमा १ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहे । वासिक अहमद ४२ बलमा १ चौकासहित १२ रनमा आउट भए । बहराइनका कप्तान हैदर अली बटले ४९ बलमा ४ चौकासहित २३ रन बनाए । अन्यको प्रदर्शन राम्रो हुन सकेन।
स्पिनर आयन खानको चौथो ओभरको अन्तिम बलमा शहबाज पाँच रनमा एलबीडब्लू आउट भए । रोहन मुस्तफाले पाँचौं ओभरको पाँचौं बलमा जुनैद अजिज शून्यमा एलबीडब्लू आउट भए । लगत्तै अर्को बलमा सोहिल अहमद कट एण्ड बोल्ड आउट भएका थिए ।
अर्को ओभरको पाँचौं बलमा आयन खानले मोहम्मद युनिसलाई १६ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । एक समय २७(५ को दयनीय अवस्थामा पुगेको बहराइनलाई छैटौं विकेटका लागि हैदर र अब्दुल मजिदले ३० रनको साझेदारी गरेका थिए ।
तल्लोक्रममा अब्दुल मजिद ११ र इमरान अनवारले १४ रन बनाए ।
युएईका स्पिनर आयन खान अफ्जलले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आयनले ६० मध्य ५५ बल डट राखेका थिए । रोहन मुस्तफाले १० ओभरमा ४ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । कार्तिक मयाप्पनले १० ओभरमा २ मेडनसहित ४८ रन खर्चेर २ विकेट लिए । जहुर खानले एक विकेट लिए ।
समूह बी मा युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ ओभरमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । युएई यस खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ ।
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]
June 14, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]
June 14, 2025
सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]