default_image

3 years ago

April 26, 2023

साउदीका अब्दुल र सादको अर्धशतकसँगै दबाबमा ओमान

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अब्दुल वहिद र तेस्रो नम्बरका ब्याटर साद खानको अर्धशतकमा साउदी अरेवियाले एसिसी प्रिमियर कपमा ओमानलाई दबाबमा राखेको छ । जितको लागि ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याएको साउदीले २१ ओभरमा १ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको छ ।

ओपनर अब्दुल वहिद ५५ बलमा ११ चौका र १ छक्कासहित ६८ रनमा क्रिजमा छन् । उनलाई साद खानले ६० बलमा ९ चौकासहित ५८ रनमा साथ दिएका छन् ।

दोस्रो विकेटका लागि अब्दुल र साद खानले १ सय ३० रनको सानदार शतकीय साझेदारी गर्दै जितको सम्भावना कायमै राखेका छन् । ओपनर वाकर उल हसन भने ३ रनमा बिलाल खानको बलमा आउट भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६६ रन बनाएको थियो ।

ओमानका जतिन्दर सिंह ८८, कश्याप प्रजापति ५१, शोएब खान ६८, मोहम्मद नदिम ७१ र जिशान मकसुद ५४ रन बनाएका थिए । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । समूह ए बाट नेपाल भने एक खेल अगावै सेमिफाइनलमा पुगि सकेको छ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.