default_image

1 year ago

April 27, 2023

नेपालले आज कतारसँग खेल्दै

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा समूह ए को अन्तिम खेलमा आज कतारसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल कतारलाई हराउँदै अपराजितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा खेल्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । कतार तीनै खेलमा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराउँदा साउदीसँग वर्षाको कारण अंक बाँडेको थियो ।

उता कतार ओमानसँग ४० रन, साउदीसँग ७ विकेट र मलेसियासँग ३ विकेटले पराजित भएको थियो । नेपाल यस खेलमा विजयी भएमा वा कुनै कारण अंक बाँडेमा समूह विजेता बन्नेछ । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

नेपाल पराजित भएको खण्डमा ओमान समूह ए को विजेता बन्नेछ । नेपालले कतारसँग बेन्चमा रहेका ज्ञानेन्द्र मल्ल र प्रतिश जि.सीलाई आजको खेलमा मौका दिनसक्छ । यी दुई खेलाडीलाई मौका दिन नेपालले सन्दीप लामिछाने र सोमपाल कामीलाई विश्राम दिन सक्छ । नेपालका कुशल मल्ल, रोहित पौडेल र करण केसीको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

ओपनर आसिफ शेख र कुशल भुर्तेललाई राम्रो प्रदर्शनको दबाब हुनेछ । ज्ञानेन्द्र मल्लले मौका पाएमा उनलाई टोलीमा स्थान बनाई राख्न यस खेलमा सानदार प्रदर्शन गर्नुपर्ने हुन्छ । अन्यथा ज्ञानेन्द्रले मौका पाउने सम्भावना कम हुनेछ ।

ओमानविरुद्ध ५९ बलमै शतक हानेका कुलश मल्ल पुन घातक बन्नसक्छन् । कुशल क्रिजमा टिकेको खण्डमा भने एक्लै सहज जितको आधार तय गर्नसक्छन् । तल्लोक्रमका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखलाई पनि यस खेलमा राम्रो ब्याटिङको अवसर हुनेछ । प्रमुख बलरमा करण केसी, प्रतिश र ललितनारायण राजवंशी हुनसक्छन् । पार्टटाइमा दीपेन्द्र र कुशल मल्ल हुनेछन् ।

कतारका श्रीलंकन मुलका इमाल लियानागे नेपाली बलरलाई घातक बन्नसक्छन् । श्रीलंकाबाट घरेलु क्रिकेट खेलि सकेका इमाल राम्रो प्रभाव जमाउन सक्छन् । कप्तान मोहम्मद रिजलान प्रमुख ब्याटर हुन् । जाहिर इब्राहिम, कमरन खान, मोहम्मद तनविर र खुराम शाहजाद ब्याटरको रुपमा छन् । तीव्र गतिका बलरका मोहम्मद मुरद प्रमुख बलर हुन् । कतार पहिलो जित निकाल्ने सोचमा हुनेछ ।

त्यस्तै आजनै समूह बी को अन्तिम खेलमा हङकङले कुवेतसँग खेल्नेछ । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । समूह बी बाट युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । आजका यी दुई खेलबाट सेमिफाइनल समिकरण पनि पूराहुनेछ ।

नेपालले कतारसँग ५० ओभरको खेल २००८ पछि पहिलो पटक खेल्न लागेको हो । उक्त खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । २०१९ मा टि२० आई खेलमा भने नेपाल कतारसँग पराजित भएको थियो । आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो ।

प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल शनिबार हुनेछ । फाइनल सोमबार हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिप्समा एसियाका टेस्ट टोलीका यू-२३ टोलीको सहभागिता रहनेछ । एसिया कप सेप्टेम्बरमा पाकिस्तान र इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

कतारको टोली :

जाहिर इब्राहिम, कमरान खान, इमाल लियानागे, मोहम्मद रिजवान (कप्तान), मोहम्मद तनविर, कमरान खान, अमिर, बलिद विटिल, इकरामुउल्लाह खान, मोहम्मद मुरद, गायन मुनाविरा, मोहम्मद नदिम, ओवैस र सानदुन ।

अंक तालिका

समूह ए मा ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल ३ खेलमा २ मा जित र एक खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ ।

मलेसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । साउदी ४ खेलमा १ मा जित, २ मा हार १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । कतार ३ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरिएको थियो ।

समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । हङकङ ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमाछ ।

बहराइन ४ खेलमा १ मा जित, २ खेलमा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । सिंगापुर सबै खेलमा जित विहीन हुँदै बाहिरियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.