3 years ago
April 26, 2023
एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २१ रनले पराजित गरेको छ । कोलकाता तेस्रो जितका साथ अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ ।

जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । बेंगलोरका कार्यवाहक कप्तान विराट कोहलीले ३७ बलमा ६ चौकासहित सर्वाधिक ५४ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।
कोहली आन्द्रे रसेलको १३ औं ओभरको पहिलो बलमा विराट कोहली डिप मिडविकेटमा वेंकटेश ऐरबाट क्याच आउट भएपछि जितको सम्भावना कठिन बनेको थियो । फाफ डु प्लेसिस ७ बलमा १ चौका र २ छक्कासहित १७ र ग्लेन म्याक्सवेल ५ रनमा आउट भएपछि दबाबमा परेको थियो ।
शहबाज अहमद २, दीनेश कार्तिक २२ र सुयश प्रभुदेशाई १० र वानिन्दु हसरंगा ५ रनमा आउट भए । युवा खेलाडी महिपाल लोमरोेर १८ बलमा १ चौका र १ छक्कासहित २२ रनमा आउट भए । डेविड विल्ली ११ र विजयकुमार १३ रनमा नटआउट रहे ।
कोलकाताको जितमा बरुण चक्रवर्तीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सुयश शर्माले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । आन्द्रे रसेलले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि चिन्नास्वामीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । कोलकाताको जितमा ओपनर जेसन रोयले २९ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५६ रन बनाएका थिए । कोलकातालाई ओपनर नारायण जगदिशन र जेसन रोयले ९.२ ओभरमा ८३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
विजय कुमार वैश्यकको बलमा जगदीशन २९ बलमा ४ चौकासहित २७ रनमा डेविड विल्लीबाट क्याच आउट भए । विजयकुमारले नै अर्का ओपनर रोयलाई बोल्ड आउट गरेका थिए । कप्तान नितिश राणा २१ बलमा ३ चौका र ४ छक्कासहित ४८ रनमा आउट भए । वेंकटेश ऐर २६ बलमा ३ चौकासहित ३१ रनमा आउट भए । रिंकु सिंह १० बलमा २ चौका र १ छक्कासहित १८ रनमा अविजित रहे ।
डेविड विजा ३ बलमा २ छक्कासहित १२ रनमा अविजित रहे । मोहम्मद शिराजले आन्द्रे रसेललाई योर्करमा एक रनमा बोल्ड गरे ।
बेंगलोरका वानिन्दु हसरंगाले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । विजयकुमारले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिएका थिए ।
बेंगलोरले अव सोमबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ । कोलकाताले शनिबार गुजरात टाइटन्ससँग खेल्नेछ । कोलकाता ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंकका साथ सातौं स्थानमा छ ।
बेंगलोर ८ खेलमा ४ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा जितसहित १० अंकका साथ शीर्ष स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]