3 years ago
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल आउट भएसँगै एसिसी प्रिमियर कपमा घरेलु टोली नेपालविरुद्ध समस्यामा परेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १५.३ ओभरमा ४ विकेट गुमाउँदै ६२ रन बनाएको छ ।

नेपालका सोमपाल कामी ११ बलमा ३ रनमा क्रजमा छन् । उनलाई कुशल मल्लले साथ दिनेछन् । नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो । तीव्र गतिका बलर गयान मुनाविराको दोस्रो ओभरको दोस्रो बलमा कुशल शट लेगमा खुराम शाहजादबाट क्याच आउट भएका थिए । कुशलले ८ बल खेलेका थिए ।
मुनाविराको चौथो ओभरको तेस्रो बलमा स्वीप खेल्ने धुनमा एज लागेर भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भए । ओपनर आसिफ शेख १३ औं ओभरको चौथो बलमा १९ रनमा आउट भए । तीव्र गतिका बलर इक्रमउल्लाह खानको बलमा स्क्वायर लेगमा पुल सट खेल्ने धुनमा मोहम्मद तनविरबाट क्याच आउट भएका थिए । आसिफले २७ बलमा २ चौका प्रहार गरे ।

नेपालले आसिफ आउट भएपछि सोमपाललाई ब्याटिङमा पठाएको थियो । कप्तान रोहित पौडेल ३६ बलमा २ चौकासहित २७ रनमा कट बिहाइन्ड हुँदै पेभेलिएन फर्किए ।
स्पिनर क्वाइस अहमदको १६ औं ओभरको तेस्रो बलमा रोहित कट खेल्ने धुनमा विकेटकिपरबाट क्याच आउट भएका थिए । नेपालले आजको खेलमा करण केसीको स्थानमा गुलशन झालाई मौका दिएको छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनल खेल्न यस खेल जित्नै पर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]