default_image

12 months ago

April 27, 2023

कतारविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी प्रिमियर कपमा कतारविरुद्ध लज्जास्पद ब्याटिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २७ ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनाएको छ । क्रिजमा गुलशन झा र सन्दीप लामिछाने छन् । कतारको बलिङ सामु नेपालका प्रमुख ब्याटरले खराब प्रदर्शन गरेपछि जित्नै पर्ने […]

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी प्रिमियर कपमा कतारविरुद्ध लज्जास्पद ब्याटिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २७ ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनाएको छ । क्रिजमा गुलशन झा र सन्दीप लामिछाने छन् ।

कतारको बलिङ सामु नेपालका प्रमुख ब्याटरले खराब प्रदर्शन गरेपछि जित्नै पर्ने खेलमा दयनीय अवस्थामा पुगेको छ । नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो । तीव्र गतिका बलर गयान मुनाविराको दोस्रो ओभरको दोस्रो बलमा कुशल शट लेगमा खुराम शाहजादबाट क्याच आउट भएका थिए ।

मुनाविराको चौथो ओभरको तेस्रो बलमा स्वीप खेल्ने धुनमा एज लागेर भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भए । ओपनर आसिफ शेख १३ औं ओभरको चौथो बलमा १९ रनमा आउट भए । तीव्र गतिका बलर इक्रमउल्लाह खानको बलमा डीप स्क्वायर लेगमा पुल सट खेल्ने धुनमा मोहम्मद तनविरबाट क्याच आउट भएका थिए । आसिफले २७ बलमा २ चौका प्रहार गरे ।

नेपालले आसिफ आउट भएपछि सोमपाललाई ब्याटिङमा पठाएको थियो । कप्तान रोहित पौडेल ३६ बलमा २ चौकासहित २७ रनमा कट बिहाइन्ड हुँदै पेभेलिएन फर्किए । स्पिनर क्वाइस अहमदको १६ औं ओभरको तेस्रो बलमा रोहित कट खेल्ने धुनमा विकेटकिपरबाट क्याच आउट भएका थिए ।

यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ । कुशल स्पिनर क्वाइस अहमदको १८ औं ओभरको पहिलो बलमा ३ रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।

सोमपाल कामी ११ रनमा क्याच आउट भए । सोमपाल आउट हुँदा नेपाल २१ ओभरमा ८४-६ को दयनीय अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र आरिफले १८ रनको साझेदोरी गरेका थिए ।

आमिर फारुकको २७ औं ओभरको दोस्रो बलमा आरिफ शेख थर्डमा खुरामबाट ११ रनमा क्याच आउट भएपछि नेपाल १०२-७ को दयनीय अवस्थामा पुगेको थियो । आमिरकै बलमा दीपेन्द्र टप एज लागेर १२ रनमा क्याच आउट भए ।

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

April 15, 2024

कुवेतको दोस्रो जित 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र […]

Success

Thank you for your time.