default_image

3 years ago

April 27, 2023

सन्दीपले बचाए नेपालको लाज

315 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले राम्रो ब्याटिङ गरेपछि नेपालले एसिसी प्रिमियर कपमा कतारलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएकोछ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भयो ।

नेपालका सन्दीप लामिछाने ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहे । एक समय २८ ओभरमा १११-९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्याएका थिए ।

आमिर फारुकको बलमा ललित एलबीडब्लू आउट भएपछि नेपाल अल आउट भएको थियो । ललितले १७ बल खेल्दा एक रन बनाए । सन्दीपपछि रोहित पौडेलले ३६ बलमा २ चौकासहित २७ रन बनाए । आसिफ शेख २७ बलमा २ चौकासहित १९ रनमा आउट भए।

नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो । तीव्र गतिका बलर गयान मुनाविराको दोस्रो ओभरको दोस्रो बलमा कुशल शट लेगमा खुराम शाहजादबाट क्याच आउट भएका थिए । मुनाविराको चौथो ओभरको तेस्रो बलमा स्वीप खेल्ने धुनमा एज लागेर भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच हुँदै पेभेलिएन फर्केका थिए ।

ओपनर आसिफ शेख १३ औं ओभरको चौथो बलमा १९ रनमा आउट भए । तीव्र गतिका बलर इक्रमउल्लाह खानको बलमा डीप स्क्वायर लेगमा पुल सट खेल्ने धुनमा मोहम्मद तनविरबाट क्याच आउट भएका थिए ।

नेपालले आसिफ आउट भएपछि आश्चर्य रुपमा सोमपाललाई ब्याटिङमा पठाएको थियो । कप्तान रोहित पौडेल कट बिहाइन्ड हुँदै पेभेलिएन फर्किए । स्पिनर क्वाइस अहमदको १६ औं ओभरको तेस्रो बलमा रोहित कट खेल्ने धुनमा विकेटकिपरबाट क्याच आउट भएका थिए ।

यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ । कुशल स्पिनर क्वाइस अहमदको १८ औं ओभरको पहिलो बलमा ३ रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।

सोमपाल कामी ११ रनमा क्याच आउट भए । सोमपाल आउट हुँदा नेपाल २१ ओभरमा ८४–६ को दयनीय अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र आरिफले १८ रनको साझेदोरी गरेका थिए । आमिर फारुकको २७ औं ओभरको दोस्रो बलमा आरिफ शेख थर्डमा खुरामबाट ११ रनमा क्याच आउट भएपछि नेपाल १०२–७ को दयनीय अवस्थामा पुगेको थियो ।

आमिरकै बलमा दीपेन्द्र टप एज लागेर १२ रनमा क्याच आउट भए । गुलशन झा ७ रनमा क्याच आउट भए । स्पिनर क्वाइस अहमदको बलमा ठूलो सट खेलेका गुलशन लङअनमा मुनाविराबाट विश्वस्तरीय क्याच आउट भएपछि नेपालको झिनो आशा समाप्त भएको थियो । उत्कृष्ट क्याच लिनेक्रममा उनले छक्का बचाउँदै बाहिर बल फालेर आफैं क्याच लिएका थिए ।

कतारका बायाँ हाते तीव्र गतिका बलर आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गयान मुनाविराले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । इक्रामउल्लाह खानले १० ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.