2 years ago
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपमा कतारविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले नेपाललाई मध्यम योगफलमा पुर्याउन ५८ बलमा ६ चौसहित सर्वाधिक ४२ रनमा अविजित रहे ।
सन्दीपको यो कुनैपनि अन्तर्राष्ट्रिय खेलको उच्च प्रदर्शन हो । यसअघि सन्दीपले टियु क्रिकेट मैदानमै २०१९ नोभेम्बरमा मेरिलेबोन क्रिकेट क्रिकेट क्लब (एमसिसी) विरुद्ध पहिलो इनिङमा २१ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रनमा अविजित थिए ।
त्यसै खेलको दोस्रो इनिङमा सन्दीपले २५ रन बनाएका थिए । सन्दीपको ओडिआईमा उत्कृष्ट प्रदर्शन ३५ रन अविजित छ । सन्दीपले दुई महिना अघि आइसिसी विश्वकप लिग२ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध ३५ रनमा अविजित रहेका थिए ।
घरेलु क्रिकेटमा भने यो संयुक्त उच्च प्रदर्शन हो । सन्दीपले २०२१ को काठमाडौं मेयर्स कपमा मेयर्स ११ बाट कप्तानी गर्दै बागमती प्रदेशविरुद्ध २० बलमा ६ छक्कासहित ४२ रनमा आउट भएका थिए । सन्दीपको यसअघि करिअरको उत्कृष्ट प्रदर्शन उक्त ४२ रन नै थियो ।
एभरेष्ट प्रिमियर लिग २०२१ मा सन्दीपले काठमाडौं किंग्स इलेभेनबाट पोखरा राइनोजविरुद्ध ११ बलमा २ चौका र ३ छक्कासहित ३१ रनको इनिङ पनि खेलेका थिए ।
टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल एक समय १११–९ को अवस्थामा पुग्दा सन्दीपले अन्तिम विकेटका लागि ललितनारायण राजवंशीसँग ४६ रनको साझेदारी गर्दै १ सय ५७ रनमा पुर्याएका थिए । ललित अन्तिम विकेटको रुपमा १७ बल खेल्दै १ रनमा एलबीडब्लू आउट भए ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]