default_image

2 years ago

April 27, 2023

हङकङलाई हराउँदै कुवेत सेमिफाइनलमा

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कुवेतले एसिसी प्रिमियर कपमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । समूह बी बाट कुवेत समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

जितको लागि २ सय ७३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर्धारित ५० ओभरमा २ सय ४२ रनमा अल आउट भयो । हङकङका कप्तान निजाकत खानले ९७ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए ।

एक समय ५६-३ को अवस्थामा पुगेको हङकङलाई चौथो विकेटका लागि निजाकत खान र अजिज खानले ९१ रनको साझेदारी गर्दै जितको आशा कायमै राखेका थिए । अजिज खान ५५ बलमा ३ चौका र ३ छक्कासहित ४९ रनमा आउट भए । उनी स्पिनर यासिन पटेलको बलमा एलबीडब्लू आउट भए । त्यसपछि हङकङले लगातार विकेट गुमाएपछि पराजित भएको हो ।

हङकङका तल्लोक्रमका ब्याटर यासिन मुर्तजा ४३ बलमा २ चौका र ३ छक्कासहित ४३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । अंशुमन रथ १३, बाबर हायत डक, जिशान अली ३२ बलमा २ चौका र १ छक्कासहित २४ र हरुन अर्शद १२ रनमा आउट भए ।

कुवेतका स्पिनर यासिन पटेलले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । शाहरुख क्युदुसले ८ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सैद मोनिब र इद्रिसले समान एक विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो । कुवेतको जितमा शिराज खानले ९५ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए ।

कुवेतलाई ओपनर आद्नान इद्रिसले ४५ बलमा ६ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । रविजा सनदरुवान गोल्डेन डक आउट भएका थिए । प्रमुख ब्याटर परविन्दर कुमार ३, कप्तान मोहम्मद अस्लाम ३२ र मित भावसार डक आउट भए ।
उस्मान पटेल ४८ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा आउट भए । सैयद मोनिब १४ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।

हङकङका स्पिनर एहसान खानले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । आयुश शुक्ला, हरुन अर्शद, अजिज खान, यासिम मुर्तजा र मोहम्मद गजानफरले एक एक विकेट लिए ।

कुवेतले शनिबार सेमिफाइनलमा समूह ए को विजेता नेपालसँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

अंक तालिका

समूह ए मा नेपाल ४ खेलमा ३ मा जित र एक खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समूह ए बाट नेपाल समूह विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् ।

मलेसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । साउदी ४ खेलमा १ मा जित, २ मा हार १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । कतार ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरिएको थियो ।

समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समान ६ अंक भएपनि युएई नेटरनरेटमा अघि रहँदै शीर्षस्थानमा रह्यो ।

हङकङ ४ खेलमा २ मा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । बहराइन ४ खेलमा १ मा जित, २ खेलमा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । सिंगापुर सबै खेलमा जित विहीन हुँदै बाहिरियो ।

January 12, 2025

शकिब, लिटनबिना बंगलादेशको च्याम्पियन्स ट्रफी टोली घोषणा

एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]

January 12, 2025

जाधवले बनाइन् ५० ओभरको खेलमा ३ सय ४६ रन !

एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]

January 12, 2025

शीर्षस्थानमा रहँदै पुलिस एलिट कपको फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]

Success

Thank you for your time.