2 years ago
April 28, 2023
एजेन्सी – स्पिनर एडम जाम्पा र ओपनर यशस्वी जैसवालको सानदार प्रदर्शनमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३७ औं खेलमा चेन्नई सुपर किंग्सलाई ३२ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले पाँचौं जितका साथ नेटरनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लिदै प्लेअफ सम्भावना मजबुत बनाएको हो ।
जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । चेन्नईका शिवम दुबेले ३३ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए । ओपनर ऋतुराज गायकवाड २९ बलमा ५ चौका र १ छक्कासहित ४७, डेभन कन्वे ८, अजिंक्या रहाणे १५ र अम्बाती रायूडु डक आउट भए ।
मोईन अली १२ बलमा २ चौका र २ छक्कासहित २३ रनमा आउट भए । रविन्द्र जडेजा १५ बलमा ३ चौकासहित २३ रनमा नटआउट रहे । राजस्थानका स्पिनर एडम जाम्पाले ३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले एक विकेट लिए ।
त्यसअघि जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । राजस्थानको जितमा यशस्वी जैसवालले ४३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए ।
राजस्थानलाई ओपनर यशस्वी जैसवाल र जस बटलरले ८.२ ओभरमा ८६ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । जस बटलर २१ बलमा ४ चौकासहित २७, सन्जु स्यामसन १७ र शिम्रन हेटमायर ८ रनमा आउट भए । ध्रुब जुरेल १५ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा रन आउट भए । देवदत्त पाडिक्कल १३ बलमा ४ चौकासहित २३ रनमा नटआउट रहे ।
चेन्नईका तुषारदेश पान्डेले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । महेश थिक्सेनाले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।
राजस्थान ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ ।
चेन्नई ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ, बेंगलोर र पन्जाबको समान ८ अंक भएपनि नेटरनरेटको कारण चौथो, पाँचौं र छैटौं स्थानमा छन् । दिल्ली ७ खेलमा २ मा जितसहित पुछारमा छ ।
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत आज घरेलु टोलीको सामना गर्दैछ । नेपाली समयअनुसार रातको ७:४५ बजे सुरु हुने खेलमा नेपाल सिरिजको पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन जोडेपछि खेल सुपर ओभरमा धकेलियो । सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९ […]
June 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सबाट १ सय ५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोड्यो । नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले […]