2 years ago
April 28, 2023
एजेन्सी – ओपनर फखार जमानको शतकमा पाकिस्तानले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । योसँगै पाँच ओडिआई खेलको सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएकोछ।
जितको लागि २ सय ८९ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर फखार जमानले १ सय १४ बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक १ सय १७ रनको योगदान दिए ।
अर्का ओपनर इमाम उल हक ६५ बलमा ५ चौका र १ छक्कासहित ६० रनमा आउट भए । पहिलो विकेटका लागि ओपनर फखार जमान र इमाम उल हकले २१.२ ओभरमा १ सय २४ रनको शतकीय साझेदारीका साथ राम्रो सुरुवात दिलाएका थिए ।
कप्तान बाबर आजम ४६ बलमा ३ चौका र १ छक्कासहित ४९ रनमा आउट भए । मोहम्मद रिजवान ३४ बलमा ६ चौका र १ छक्कासहित ४२ रनमा अविजित रहे ।
न्युजिल्यान्डका एडम मिल्नेले ९ ओभरमा ६० रन खर्चेर २ विकेट लिए । ब्लेयर टिकनर, ईश सोधी र रचिन रविन्द्रले समान एक विकेट लिए ।
त्यसअघि रावलपिंडी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८८ रन बनाएको थियो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १५ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक १ सय १३ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।
ओपनर विल योंग ७८ बलमा ८ चौका र २ छक्कासहित ८६ रनमा आउट भए । चाद बोवेस १८, टम लाथम २०, मार्क च्यापम्यान १५, हेनरी निकोलस २० र रचिन रविन्द्र ९ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफले समान दुई दुई विकेट लिए । दोस्रो खेल शनिबार हुनेछ ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]