3 years ago
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवतेसँग टियुमा खेल्ने पक्का भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपालको सेमिफाइनल टियुमा हुने पक्का भएको जनाएका छन् । प्रतियोगिता अघिनै नेपालको खेल टियुमा गर्ने निर्णय भएको बताएका छन् ।

कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको थियो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार टियु मैदानमा हुनेछ । नेपालले समूह चरणमा एकमात्रै खेल मुलपानीमा साउदी अरेवियासँग खेल्ने कार्यक्रम थियो । तर वर्षाको कारण उक्त खेल हुन नसक्दा अंक बाँडेको थियो । नेपाली समर्थकको चाप र सुरक्षाको कारण अन्य सबै खेल टियुमा गर्दै आएको थियो ।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्ने भएका हुन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल भने मुलपानी मैदानमा हुनेछ ।
योसँगै मुलपानी मैदानले पनि ओडिआई मान्यत पाउने भएको छ । यसै प्रतियोगिताबाट नेपालले मुलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल आयोजना गरेको थियो । युएई र ओमान दुबै ओडिआई मान्यता देश हुँदा मुलपानीले पनि ओडिआई मान्यता पाउने भएको हो ।

समूह ए मा नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्यो । ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ खेलमा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा रह्यो । युएईको नेटरनरेट २.४६८ हुँदा कुवेतको ०.२२३ रह्यो । सेमिफाइनल शनिबार र फाइनल सोमबार हुनेछ । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै शीर्ष तीन टोलीले आगमी जुनमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले हराउँदै सेमिफाइनल स्थान बनाएको थियो । साउदी अरेवियासँगको खेल भने वर्षाको कारण रद्ध भएको थियो । कुवेत पहिलो खेलमा युएईसँग १ सय ४३ रनले पराजित भएको थियो । त्यसपछि बहराइनलाई दुई विकेट, सिंगापुरलाई ४ विकेट र हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]