2 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेलमा वर्षाले ढाकिएको कभर हटाइएको छ । वर्षा रोकिएसँगै कभर पनि हटाइएको हो । टियु क्रिकेट मैदानका कर्माचारीले कभर हटाएका छन् । अम्पायरले पिचको निरिक्षण गरेका छन् । टियुमा सामान्य वर्षा भएको हुँदा चाँडैनै खेल सुरु हुने सम्भावना छ ।
कति ओभर घट्ने अम्पायरले निर्णय लिनेछन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । नेपालका कप्तान रोहित पौडेल ४० बलमा २ चौकासहित ३० रनमा क्रिजमा छन् । कुशल मल्ल ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा क्रिजमा छन् ।
चौथो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६१ रनको अविजित साझेदारी गरेका छन् । नेपालका कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए ।
कुशल स्पिनर आदनान इद्रिसको ११ औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट भएका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले १०।५ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
१२ औं ओभरको दोस्रो बलमा भीम सार्की एक रनमा क्याच आउट भए । भीम स्पिनर मोहम्मद अस्लामको बलमा क्याच आउट भएका थिए । अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए ।
आसिफ इद्रिसको बलमा यासिन पटेलबाट क्याच आउट भएपछि नेपाल एक समय ७७-० बाट ८०-३ को अवस्थामा पुगेको थियो । कप्तान रोहित पौडेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर शाहरुखको १९ औं ओभरको चौथो बलमा रोहित एज लागेको बल विकेटकिपर उस्मान पटेलले क्याच ड्रप गरेका थिए ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]