default_image

5 months ago

April 29, 2023

टियुमा फेरि वर्षा

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल पुन ढिलो सुरु हुने भएको छ । वर्षाको कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि खेल ४५-४५ ओभरको हुने भनिएको थियो । खेल १२ः १५ देखी सुरु भनिएको थियो । तर पुन १२: ४ देखी टियुमा […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल पुन ढिलो सुरु हुने भएको छ ।

वर्षाको कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि खेल ४५-४५ ओभरको हुने भनिएको थियो । खेल १२ः १५ देखी सुरु भनिएको थियो । तर पुन १२: ४ देखी टियुमा वर्षा भएको छ ।

फेरि वर्षा भएपछि पुन पिच कभरले ढाकिएको छ । खेल ढिलो सुरु हुनेछ । टियुमा वर्षा बढेको छ । यदि खेल हुन नसकेको खण्डमा सुपर ओभर हुनेछ । यदि सुपर ओभर पनि हुन सकेन भने नेपाल समूह विजेताको कारण फाइनलमा पुग्नेछ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । नेपालका कप्तान रोहित पौडेल ४० बलमा २ चौकासहित ३० रनमा क्रिजमा छन् । कुशल मल्ल ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा क्रिजमा छन् ।

चौथो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६१ रनको अविजित साझेदारी गरेका छन् । नेपालका कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए ।

कुशल स्पिनर आदनान इद्रिसको ११ औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट भएका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले १०.५ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

१२ औं ओभरको दोस्रो बलमा भीम सार्की एक रनमा क्याच आउट भए । भीम स्पिनर मोहम्मद अस्लामको बलमा क्याच आउट भएका थिए । अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए । आसिफ इद्रिसको बलमा यासिन पटेलबाट क्याच आउट भएपछि नेपाल एक समय ७७-० बाट ८०-३ को अवस्थामा पुगेको थियो ।

कप्तान रोहित पौडेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर शाहरुखको १९ औं ओभरको चौथो बलमा रोहित एज लागेको बल विकेटकिपर उस्मान पटेलले क्याच ड्रप गरेका थिए ।

September 24, 2023

अष्ट्रेलियामाथि भारतको अर्को सानदार जित

एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा सानदार ब्याटिङ प्रदर्शनका साथ अष्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एकखेल अगावै जितेको छ । जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ […]

September 24, 2023

क्रिकेट राजनीतिमा पारसको अद्भूत उडान

भूपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्काले २०७८ साउन १९ गते अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । ३३ बर्षकै उमेरमा सन्न्यास घोषणा गर्दा उनका समर्थकले मात्र होइन समग्र विश्व क्रिकेट जगत नै आश्चर्यमा परेको थियो । उनको सन्न्यासमा धेरैले आ–आफ्नो धारणा पनि राखेका थिए । तर पारसले सन्न्यास […]

September 24, 2023

गिल र ऐरको शतकमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य

एजेन्सी – ओपनर शुभमन गिल र श्रेयस ऐरको शतकको सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनायो । भारतका श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय […]

Success

Thank you for your time.