3 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल ८-८ ओभर घटेको छ । योसँगै खेल ४२-४२ ओभरको हुनेछ । खेल दिउँसो १ बजेदेखी टियु क्रिकेट मैदानमा सुरु हुनेछ । वर्षाको कारण खेल रोकिएको दुई घण्टा भएपछि ओभर घटाइएको छ । टियुमा पुरै कभर हटाइएको छ । कुवेतका खेलाडीले वार्मअप गरेका छन् । केहि बेलमै नेपालले ब्याटिङ सुरु गर्नेछ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । नेपालका कप्तान रोहित पौडेल ४० बलमा २ चौकासहित ३० रनमा क्रिजमा छन् । कुशल मल्ल ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा क्रिजमा छन् ।
चौथो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६१ रनको अविजित साझेदारी गरेका छन् । नेपालका कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए ।
कुशल स्पिनर आदनान इद्रिसको ११ औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट भएका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले १०.५ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
१२ औं ओभरको दोस्रो बलमा भीम सार्की एक रनमा क्याच आउट भए । भीम स्पिनर मोहम्मद अस्लामको बलमा क्याच आउट भएका थिए । अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए । आसिफ इद्रिसको बलमा यासिन पटेलबाट क्याच आउट भएपछि नेपाल एक समय ७७-० बाट ८०-३ को अवस्थामा पुगेको थियो ।
कप्तान रोहित पौडेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर शाहरुखको १९ औं ओभरको चौथो बलमा रोहित एज लागेको बल विकेटकिपर उस्मान पटेलले क्याच ड्रप गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]