3 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल र कुशल मल्लको अर्धशतकसँगै नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध विशाल योगफलतर्फअघि बढेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको छ । नेपालका रोहित पौडेल ५६ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा क्रिजमा छन् । कुशल मल्ल ४२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनमा क्रिजमा छन् ।
चौथो विकेटका लागि रोहित र कुशलले १ सय ९ रनको शतकीय साझेदारीका साथ नेपाललाई विशाल योगफलको आधार तय गरेका छन् । रोहितले ५६ बल र कुशल मल्लले ४२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

खेल ४२ ओभरको हुनेछ । वर्षाको कारण दुई घण्टा ढिलो सुरु भएपछि खेल ८-८ ओभर घटाइएको छ । दुई जना बलरले मात्रै बढीमा ९-९ ओभर बलिङ गर्न पाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]