default_image

1 year ago

April 29, 2023

रोहित शतकबाट चुकेपनि नेपालको विशाल योगफल

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल शतकबाट चुकेपनि नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध २ सय ८१ रनको लक्ष्य विशाल लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । वर्षाको कारण ओभर ८-८ घटाइएको थियो । डकवर्थ लेविस पद्धतिको आधारमा एक रन लक्ष्यमा घट्न पुगेको हो ।

नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रन बनाए । रोहित शतक बनाउन ६ रनले चुकेका थिए । स्पिनर मोहम्मद अस्लामको बलमा ठूलो सट खेल्ने धुनमा रोहित डिप मिडविकेटमा स्पिनर यासिन पटेलबाट क्याच आउट भएपछि करिअरको दोस्रो शतक हान्नबाट चुकेका थिए ।

त्यसअघि रोहितले दुई जीवनदान पाएका थिए । ब्यक्तिगत १८ र ६० रनमा कुवेतका फिल्डरले क्याच छाड्न पुगेका थिए । चौथो विकेटका लागि रोहित र कुशलले १ सय ९ रनको सानदार शतकीय साझेदारीका साथ नेपाललाई विशाल योगफलको आधार तय गरेका थिए ।

कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रनमा कप्तान मोहम्मद अस्लामबाट क्याच आउट भए । उनी सैयद मोनिबको बलमा ठूलो सट खेल्ने धुनमा एक्स्ट्रा कभरमा समातिन पुगेका थिए ।

नेपाललाई ओपनर कुशल भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । कुशल स्पिनर आदनान इद्रिसको ११ औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट भएपछि नेपालले पहिलो विकेट गुमाएको थियो ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले १०.५ ओभरमा ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । १२ औं ओभरको दोस्रो बलमा भीम सार्की एक रनमा क्याच आउट भए । भीम स्पिनर मोहम्मद अस्लामको बलमा क्याच आउट भएका थिए । अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए ।

नेपालका आरिफ शेख स्पिनर यासिन पटेलको ३६ औं ओभरको दोस्रो बलमा १९ रनमा स्टम्पिङ आउट भए । उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे । एक बलपछि दीपेन्द्रसिंह ऐरी कट विहाइन्ड हुँदै डक आउट पेभेलिएन फर्किए । सोमपाल कामी १३, करण केसी ७, सन्दीप लामिछाने ५ र ललितनारायण राजवंशीले २ रन बनाए ।

कुवेतका कप्तान मोहम्मद अस्लामले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदनान इद्रिसले ८ ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । स्पिनर यासिन पटेलले ९ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए । सैयद मोनिबले एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.