3 years ago
April 29, 2023
एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३९ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता गुजरात १२ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफ सम्भावना मजबुत बनाएको छ ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा विजय शंकर २४ बलमा २ चौका र ५ छक्कासहित ५१ रनमा अविजित रहे ।
डेविड मिलर १८ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहे । ओपनर शुभमन गिल ३५ बलमा ८ चौकासहित ४९, ऋद्धिमान शाह १० र हार्दिक पान्ड्या २६ रनमा आउट भए । कोलकाताका हर्षित राना, आन्द्रे रसेल र सुनिल नारायणले समान एक विकेट लिए ।
त्यसअघि घरेलु मैदान इर्डेन पार्कका टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । कोलकाताका ओपनर रहमानाउल्लाह गुरबाजले ३९ बलमा ५ चौका र ७ छक्कासहित सर्वाधिक ८१ रनको इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
आन्द्रे रसेलले १९ बलमा २ चौका र ३ छक्कासहित ३४, नारायण जगदीशन शून्य, वेंकटेश ऐर ११, नितिश राणा ४ र रिंक सिंह १९ रनमा आउट भए । डेविड विजा ८ रनमा नटआउट रहे ।
गुजरातका मोहम्मद शामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । जोशुवा लिटिल र नुर अहमदले समान दुई विकेट लिए ।
गुजरात ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्षस्थानमा छ । राजस्थान ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ ।
लखनऊ र चेन्नईको समान १० अंक भएपनि नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा छन् । कोलकाता ९ खेलमा ३ मा जित र ६ मा हारसहित ६ अंकका साथ सातौं स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]