2 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिसी प्रिमियर कपको फाइनलमा युएईका कप्तान मोहम्मद वासिमलाई रोक्न सके विपक्षीलाई दबाबमा राख्न सकिने बताएका छन् ।
पहिलो सेमिफाइनल खेलम टियुमा कुवेतसँग खेलेपनि वर्षाको कारण नतिजा विहीन बनेपछि समूह विजेताको कारण नेपाल फाइनलमा पुगेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।
रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रनको योगदान दिएका थिए । स्पिनर मोहम्मद अस्लामको बलमा ठूलो सट खेल्ने धुनमा रोहित डिप मिडविकेटमा स्पिनर यासिन पटेलबाट क्याच आउट भएपछि करिअरको दोस्रो अन्तर्राष्ट्रिय शतक हान्नबाट चुकेका थिए ।
‘स्पष्ट के थियो भने जति हुन्छ त्यति टिमको लागि धेरै रन बनाउन भन्ने प्लान थियो । प्रतियोगितामा २०, ३०, ४० रनको सुरुवात पाएको थिए । ठूलोमा रुपान्तरण भएको थिएन । आज राम्रो इनिङ भएकोमा खुसी छु’, रोहितले भने ।
नेपालले सोमबार फाइनलमा युएईसँग उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । रोहित ठूलो अवसर भएको बताउँछन् ।
‘भारत र पाकिस्तानविरुद्ध खेल्ने ठूलो अवसर छ । फाइनल निकै महत्वपूर्ण भएको सबैलाई थाहा छ । त्यहि समय सबैले आफूलाई सामान्य राख्नुपर्छ । त्यो पनि एक खेल हो । अन्तिम खेल जसरी पनि जित्छौं’, उनले भने ।
आइसिसी लिग-२ को अन्तिम खेल नेपालले युएईसँग खेलेको थियो । युएई ३ सय १० रन बनाएपनि पराजित भएको थियो । शीर्ष तीन दौडबाट बाहिरिएको हुँदा युएईलाई त्यो समय कुनै दबाब थिएन । तर यो पटक दुबै टोलीलाई त्यतिनै दबाब हुनेछ ।
‘दुबैको लागि एकदमै महत्वपूर्ण खेल हो । दुबै टिममा दबाब हुन्छ । जसले राम्रोसँग त्यो दबाबलाई सम्हाल्न सक्छ त्यसैले जित्छ होला । युएईको टिममको कुरा गर्दा मलाई लाग्छ मोहम्मद वासिम अलिकति राम्रो खेल्छन् । आक्रामक सुरुवात गर्छन् । त्यो क्षेत्रमा राम्रो गर्न सक्यौ भने युएईलाई दबाब गराउन सकिन्छ’ रोहितले भने ।
रोहितको पूरा भिडियो वहाँ हेर्नुहोस् :
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]
January 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]