3 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले सिएम कप यू१६ राष्ट्रिय प्रतियोगिता फाइनलमा बागमी प्रदेशलाई ३५ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।

बागमतीका कप्तान सार्थक धितालले ३४ बलमा ४ चौकासहित सर्वाधिक ३३, सुर्यांशु कोइराला र रोशन बिकले समान २३ रन बनाए । रोहित शर्मा १२ र अथर्व पौडेलले १५ रन बनाए । कोशीका रोविन मण्डलले ५ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । प्रतिक पोखरेल र सौजन प्रसाद घिमिरेले समान दुई विकेट लिए ।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कोशीले निर्धारित २५ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । कोशीका एलिस मण्डलले ६० बलमा ८ चौकासहित ५३ रनमा आउट भए ।
तल्लोक्रमका सिवानशले २९ बलमा १ चौका र २ छक्कासहित ३० रन बनाए । बागमतीका सुबिन, सार्थक र अथर्वले समान दुई विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]