3 years ago
May 1, 2023
एजेन्सी – फिनिसर टिम डेविडको विष्फोटक ब्याटिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४२ औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । चौथो जितका साथ मुम्बईले प्लेअफमा सम्भावना कायमै राखेको छ ।

जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । टिम डेविड १४ बलमा २ चौका र ५ छक्कासहित ४५ रनमा अविजित रहे । तिलक बर्मा २१ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे ।
सूर्यकुमार यादव २९ बलमा ८ चौका र २ छक्कासहित ५५ रनमा आउट भए । ओपनर रोहित शर्मा ३ र ईशान किशन २८ रनमा आउट भएका थिए । क्यामरन ग्रीन २६ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा आउट भए ।
राजस्थानका रविचन्द्रन आश्विनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट र सन्दीप शर्माको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि वानखडेमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । राजस्थानका युवा ओपनर यशस्वी जैसवालले ६२ बलमा १६ चौका र ८ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । उनले ५३ बलमा आफ्नो आइपिएल करिअरको पहिलो शतक हानेका थिए ।

एकतर्फबाट निरन्तर विकेट गुमेपनि अर्कोतर्फबाट जैसवालले सानदार प्रदर्शन गर्दै राजस्थानलाई विशाल योगफलमा पुर्याएका थिए । पहिलो विकेटका लागि जस बटलर र जैसवालले ७.१ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
बटलर १९ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भए । राजस्थानका सञ्जु स्यामसन १४, देवदत्त पाडिक्कल २, जेसन होल्डर ११, शिम्रन हेटमायर ८ र ध्रुव जुरेल २ रनमा आउट भएका थिए ।
मुम्बईका पियुष चवालाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । राइली मेरीडिथले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । अर्शद खानले ३ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए ।
मुम्बई ८ खेलमा ४ मा जित र ४ मा हारसहित सातौं स्थानमा छ । राजस्थान ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । गुजरात ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]