default_image

3 years ago

May 1, 2023

नेपालको सानदार बलिङ सुरुवात

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा सर्वाधिक रन बनाउने युएईका वृत्य अरविन्द फाइनल खेलमा नेपालसँग सस्तैमा आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ८.१ ओभरमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको छ ।


चोभार एण्डबाट आएका तीव्र गतिका बलर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा गल्लीमा युएईका कप्तान मोहम्मद वासिम ११ रनमा टप एज लागेर ललितनारायण राजवंशीबाट क्याच आउट भए । उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । विष्फोटक तथा प्रमुख ब्याटर सुरुवामै आउट भएसँगै नेपाललाई फाइनल खेलमा ठूलो राहत मिलेको छ ।

यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको पाँचौं ओभरको पाँचौं बलमा वृत्य सट खेल्ने धुनमा आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए ।

वृत्यसले यस प्रतियोगितामा कुवेतविरुद्ध १ सय ८५ र सिंगापुरविरुद्ध १ सय ७५ रन बनाएका थिए । नेपालसँग पनि उनले विगतमा राम्रो प्रदर्शन गर्दै आएका छन् । अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा उनले टियुमा नेपालविरुद्ध ९४ रन बनाएका थिए । वृत्यले यस प्रतियोगितामा ४ सय ५० रन बनाएका छन् ।

आर्यन लाक्राले ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए । स्पिनर ललितको आठौं ओभरको पाँचौं बलमा डप स्क्वायर लेगमा भीम सार्कीले क्याच छाड्न पुगेका थिए । तर करण केसीको लगत्तै अर्को ओभरको पहिलो बलमा आर्यन १३ रनमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको स्थानमा गुलशन झालाई मौका दिएको छ । दीपेन्द्र २०१७ मा नेपाली क्रिकेट टोलीमा केन्याविरुद्ध डेब्यू गरेपछि प्रदर्शनको कारण पहिलो पटक बेन्चमा बसेका हुन् ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.