default_image

1 year ago

May 2, 2023

युएईलाई सहजै हराउँदै एसिया कपमा पुग्ने सोचमा नेपाल

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनलमा खेलमा युएईसँग खेल्दैछ । सोमबार वर्षाले प्रभावित खेल आज बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । खेल युएईले २७.३ ओभरमा १०६–९ को अवस्थाबाट सुरु गर्नेछ ।

स्पिनर ललित नारायण राजवंशीको ह्याट्रिक बल सामना गर्न अन्तिम ब्याटर जुनैद सिद्दिक आउनेछन् । क्रिजमा कार्तिक मयाप्पन ६ बलमा १ रनमा छन् । यदि ललितले आजको खेलमा पहिलो बलमै विकेट लिन सके उनी नेपालबाट ओडिआईमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बन्नेछन् ।

विश्वको ५१ औं खेलाडी बन्नेछन् । ललितले दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुरु खानलाई स्लिपमा आरिफ शेखबाट क्याच गराउँदै ह्याट्रिक नजिक पुगेका थिए । तर वर्षाको कारण ह्याट्रिक बल भने गर्न पाएका थिएनन् ।

आज पनि वर्षाको सम्भावनाछ । १० बजेपछि वर्षाको सम्भावना रहन्छ । दिउँसो १२ बजेपछि भारी वर्षाको सम्भावना छ । वर्षा अघि सम्म नेपाल विजयी नभएमा नतिजा निकाल्न सुपर ओभर गर्न सक्ने सम्भावा रहन्छ । सुपर ओभर भने नेपाललाई ठूलो घातक बन्नसक्छ ।

यदि आज दिउँसो ५ बजे सम्म नतिजा आएन भने सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि गर्न सक्ने अवस्था नभएमा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्नेछ । नियम अनुसार रिजर्भ डेमा पनि पानी परेमा ओडिआई वरियतामा माथि रहने टोली एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।

नेपालले आज युएईलाई जतिसक्दो चाँडै अल आउट गर्दै आफूले ब्याटिङ गर्नुपर्ने हुन्छ । ब्याटिङमा पनि आक्रामकका साथ चाँडै जित निकाल्ने योजना बनाउनु पर्ने हुन्छ । आजको खेलमा दर्शकलाई भने निशुल्क प्रवेश गरिएको छ । यस खेलको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.