3 years ago
May 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएईबीचको खेल अव वर्षाको कारण रोकिएपनि नतिजा आउने भएको छ । एसिसी प्रिमियर कपको फाइनलमा जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ६८ रन बनाएको छ ।

योसँगै अव यदि वर्षाको कारण खेल रोकिएपनि नतिजा आउनेछ । डकवर्थ लेविस पद्धतिमा नेपालले २० ओभरमा ४७ रन बनाउनु पर्ने हुन्छ । नेपाल अहिले खेलमा २१ रनले अघि छ । त्यसैको कारण अव वर्षाको कारण खेल रोकिएमा सुपर ओभर हुनेछैन । डकवर्थ लेविसमा विकेट अनुसार लक्ष्य पनि परिवर्तन हुने गर्दछ । डकवर्थ लेविस पद्धतिको आधारमा नतिजा आउनेछ ।
नेपालका गुलशन झा ५८ बलमा ३ चौका र ४ छक्कासहित ४७ रनमा क्रिजमा छन् । उनलाई भीम सार्की ३५ बलमा ८ रनमा साथ दिएका छन् । नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो । स्पिनर रोहम मुस्तफाको बलमा उनी एलबीडब्लू आउट भएका थिए ।

सातौं ओभरको पहिलो बलमा आयन खानले अर्का ओपनर आसिफ शेखलाई ८ रनमा एलबीडब्लू आउट गरे । आठौं ओभरको अन्तिम बलमा मुस्तफाले कप्तान रोहित पौडेललाई १ रनमै बोल्ड आउट गरेपछि नेपाल २२-३ को अवस्थामा पुगेको थियो ।
युएईले एसिसी प्रिमियर कपको फाइनलमा नेपाललाई एसिया कपको फाइनलमा पुग्न १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भयो ।
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]