default_image

1 year ago

May 6, 2023

राजस्थानलाई हराउँदै गुजरात प्लेअफ नजिक

102 views

0 Bookmark

एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को ४८ औं खेलमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । सातौं जितका साथ अंक तालिकामा शीर्ष स्थानमा कायमै रहँदै प्लेअफ नजिक पुगेको हो ।

जितको लागि १ सय १९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गुजरातले १३.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा हार्दिक पान्ड्या १५ बलमा ३ चौका र ३ छक्कासहित ३९ रनमा अविजित रहे ।

ओपनर शुभमन गिल ३५ बलमा ६ चौकासहित ३६ रनमा आउट भए । ओपनर ऋद्धिमान शाह ३४ बलमा ५ चौकासहित ४१ रनमा अविजित रहे । राजस्थानका युजभेन्द्र चहलले ३.५ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थान १७.५ ओभरमा १ सय १८ रनमा अल आउट भयो । राजस्थानका कप्तान सञ्जु स्यामसनले २०बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाए । ओपनर यशस्वी जैसवाल १४, जस बटलर ८, देवदत्त पाडिक्कल १२, शिम्रन हेटमायर ७ र ट्रेन्ट बोल्ट १५ रनमा आउट भए ।

गुजरातका राशिद खानले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । नुर अहमदले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, हार्दिक पान्ड्या र जोशुवा लिटिलले समान एक विकेट लिए ।

गुजरात १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंकका साथ शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ५ मा जित र ४ मा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा छ । समान खेल र नतिजाका साथ ११ अंक भएपनि नेटरनरेटको कारण चेन्नई तेस्रो स्थानमा छ ।

राजस्थान रोयल्स १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंक जोड्दै चौथो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सको ९ खेलमा १० अंक भएपनि नेटरनरेटका कारण पाँचौं र छैटौं स्थानमा छन् ।

May 27, 2024

वार्म अपमा नेपाल र क्यानाडा खेल्दै

ड्यालास (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ । नेपालले पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे ) खेल सुरु हुनेछ […]

May 26, 2024

कोलकातालाई तेस्रो आइपिएल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा […]

May 26, 2024

ह्युस्टनमाथि नेपालको जित

ह्युस्टन (हाम्रो खेलकुद) – टि ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ । शनिबार जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ […]

Success

Thank you for your time.