default_image

3 years ago

May 6, 2023

भारत र अष्ट्रेलियालाई पछि पार्दै पाकिस्तान बन्यो शीर्ष टोली

261 views

0 Bookmark

एजेन्सी – घरेलु टोली पाकिस्तानले चौथो खेलमा न्युजिल्यान्डमाथि सानदार जित हात पारेसँगै आइसिसी ओडिआई विश्व वरियतामा शीर्ष स्थानमा उक्लिएकोछ । लगातार चार जितका साथ पाकिस्तानले भारत र अष्ट्रेलियालाई पछि पार्दै ओडिआई वरियतामा शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि ३ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४३.४ ओभरमा २ सय ३२ रनमा अल आउट भयो । न्युजिल्यान्डका कप्तान टम लाथमले ७६ बलमा ५ चौकासहित सर्वाधिक ६० रन बनाए । मार्क च्यापम्यान ३३ बलमा ४ चौका र ३ छक्कासहित ४६, ओपनर विल योंग १५, टम ब्लन्डेल २३, डर्याल मिचेल ३४ र जेम्श निसम ११ रनमा आउट भए ।

पाकिस्तानका स्पिनर उस्मा मिरले १० ओभरमा ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मोहम्मद वासिम जुनियरले ८.४ ओभरमा १ मेडनसहित ४० रन खर्चेर ३ विकेट लिए । हरिस रौफले दुई र शाहिन शाह अफ्रिदीले एक विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय १७ बलमा १० चौकासहित सर्वाधिक १ सय ७ रनको शतकीय इनिङ खेले ।

अघा सलमान ४६ बलमा ४ चौका र २ छक्कासहित ५८, ओपनर शन मसुद ४४, फखार जमान १४, मोहम्मद रिजवान २४ र इफ्तिखर अहमद २८ रनमा आउट भए । शाहिन शाह अफ्रिदी ७ बलमा १ चौका र ३ छक्कासहित २३ तथा मोहम्मद हरिस ८ बलमा १ चौका र १ छक्कासहित १७ रनमा नटआउट रहे ।

न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा १ मेडनसहित ६५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । पाँच खेलको ओडिआई खेलको सिरिजमा पाकिस्तानले ४–० को अग्रता लिएको छ । अन्तिम खेल आइतबार हुनेछ ।

ओडिआई वरियतामा पाकिस्तान २९ खेलमा १ सय १३ रेटिङ अंकका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलिया ३५ खेलमा १ सय १३ रेटिङ अंकका साथ दोस्रो स्थानमा छ । भारत ४७ खेलमा १ सय १३ रेटिङ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल भने ४२ खेलमा ३३ रेटिङ अंकका साथ १४ औं स्थानमा यथावत छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.