3 years ago
May 7, 2023
एजेन्सी – ओपनर ऋद्धिमान शाह र शुभमन गिलको सानदार ब्याटिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को ५१ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २७ रन बनायो ।

गुजरातका ओपनर शुभमन गिल ५१ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ९४ रनमा नटआउट रहे । अर्का ओपनर ऋद्धिमान शाहले ४३ बलमा १० चौका र ४ छक्कासहित ८१ रनको सानदार इनिङ खेल्दै आउट भएका थिए । पहिलो विकेटका लागि गिल र शाहले १२.१ ओभरमा १ सय ४२ रनको सानदार शतकीय साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका थिए । शाह आवेश खानको बलमा वैकल्पिक फिल्डर प्रेराक मांकडबाट क्याच आउट भए ।
हार्दिक १५ बलमा १ चौका र २ छक्कासहित २५ रनमा आउट भए । डेविड मिलर १२ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नटआउट रहे ।
लखनऊका मोहसिन खानले ३ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । आवेश खानले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । यस खेलमा गुजरातको हार्दिक र लखनऊको क्रुनालगरि दुई पान्ड्या दाजुभाइले कप्तानी गरेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]