3 years ago
May 7, 2023
एजेन्सी – ओपनर जस बटलर र कप्तान सञ्जु स्यामसनको सानदार ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ५२ औं खेलमा सनराइजर्स हैदराबादलाई २ सय १५ रनको विशाल लक्ष्य दिएको छ । जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १४ रन बनायो ।

राजस्थानका ओपनर जस बटलरले ५९ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक ९५ रनको योगदान दिए । तीव्र गतिका बलर भुवनेश्वर कुमारले १९ औं ओभरको तेस्रो बलमा एलबीडब्लू आउट गरेपछि बटलर आइपिएल करिअरको छैटौं शतक बनाउन पाँच रनले चुकेका थिए । भुवनेश्वरले रिभ्युका साथ पेभेलिएन फर्काएका थिए ।
दोस्रो विकेटका लागि कप्तान सञ्जु स्यामसन र जस बटलरले १ सय ३८ रनको सानदार शतकीय साझेदारी गरेका थिए । राजस्थानका युवा ओपनर यशस्वी जैसवालले १८ बलमा ५ चौका र २ छक्कासहित ३५ रन जोड्दै आउट भए ।
सन्जु स्यामसन ३८ बलमा ४ चौका र ५ छक्कासहित ६६ रनमा अविजित रहे । शिम्रन हेटमायर ५ बलमा ७ रनमा अविजित रहे । हैदराबादका भुवनेश्वर कुमार र मार्को यानसनले समान एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]