3 years ago
May 8, 2023
एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ५२ औं खेलमा राजस्थान रोयल्समाथी नाटकीय रुपमा ४ विकेटको कीर्तिमानी जित हात पारेको छ ।

जितको लागि २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादले यो आफ्नो आइपिएल इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा गरेको हो । यसअघि हैदराबादले सर्वाधिक ठूलो लक्ष्य २०१९ मा नै राजस्थान रोयल्सविरुद्ध १ सय ९९ रनको लक्ष्य पूरा गरेको थियो । आइपिएल इतिहासमै सर्वाधिक ठूलो जित भने २०२० मा राजस्थानले पन्जाब किंग्सविरुद्ध २ सय २४ रनको लक्ष्य पूरा गरेको थियो ।
हैदराबादलाई जितको लागि अन्तिम १२ बलमा ४१ रन चाहिँएको थियो । १९ औं ओभरमा तीव्र गतिका बलर कुलदीप यादवलाई ग्लेन फिलिप्सले सुरुवातीन तीन बलमा छक्का र चौथो बलमा चौकासहित कुल २४ रन जोडेका थिए । फिलिप्स भने पाँचौं बलमा शिम्रन हेटमायरबाट क्याच आउट हुन पुगेका थिए ।
अन्तिम ६ बलमा हैदराबादलई जितको लागि १७ रन चाहिँएको थियो । सन्दीप शर्माले २० औं ओभरको पहिलो बलमा अब्दुल सामदलाई दुई रन दिए । ओबेद म्याककोयले क्याच ड्रप गर्न पुगेका थिए । लगत्तै अर्को बलमा छक्का हाने । तेस्रो बलमा दुई, चौथो र पाँचौं बलमा एक एक रन दिएपछि जित नजिक पुगेको थियो । पाँचौं बल उनले डट राखेका थिए । तर नो बल भएपछि अन्तिम बलमा अब्दुल सामदले छक्का हान्दै कीर्तिमानी जित दिलाएका थिए ।

हैदराबादका ग्लेन फिलिप्स ७ बलमा १ चौका र ३ छक्कासहित २५ रन बनाउँदै खेलको प्लेयर अफ द म्याच चुनिए । ओपनर अभिषेक शर्मा ३४ बलमा ५ चौका र २ छक्कासहित ५५, अनोमलप्रीत सिंह ३३ र एडेन माक्ररम ६ रनमा आउट भए । राहुल त्रिपाठी २९ बलमा २ चौका र ३ छक्कासहित ४७ तथा हेनरिक क्लासेन १२ बलमा २ चौका र २ छक्कासहित २६ रनमा आउट भए ।
अब्दुल सामद ७ बलमा २ छक्कासहित १७ रनमा नटआउट रहे । राजस्थानका युजभेन्द्र चहलले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । कुलदीप यादव र रविचन्द्रन आश्विनले समान एक विकेट लिए ।
त्यसअघि जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ५९ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक ९५ रनको योगदान दिएपनि टोलीले जित्न सकेन । तीव्र गतिका बलर भुवनेश्वर कुमारले १९ औं ओभरको तेस्रो बलमा एलबीडब्लू आउट गरेपछि बटलर आइपिएल करिअरको छैटौं शतक बनाउन पाँच रनले चुकेका थिए । भुवनेश्वरले रिभ्युका साथ पेभेलिएन फर्काएका थिए ।

दोस्रो विकेटका लागि कप्तान सञ्जु स्यामसन र जस बटलरले १ सय ३८ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए । राजस्थानका युवा ओपनर यशस्वी जैसवालले १८ बलमा ५ चौका र २ छक्कासहित ३५ रन जोड्दै आउट भए ।
सन्जु स्यामसन ३८ बलमा ४ चौका र ५ छक्कासहित ६६ रनमा अविजित थिए । शिम्रन हेटमायर ५ बलमा ७ रनमा अविजित रहे । हैदराबादका भुवनेश्वर कुमार र मार्को यानसनले समान एक विकेट लिए ।
राजस्थान ११ खेलमा ५ मा जित र ६ मा हारका साथ १० अंकका साथ चौथो स्थानमा छ । हैदराबाद १० खेलमा ४ मा जित र ६ मा हारका साथ नवौं स्थाानमा छ । गुजरात ११ खेलमा ८ मा जित र ३ मा हारका साथ १६ अंक जोड्दै शीर्ष स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]