default_image

1 year ago

May 8, 2023

अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई हरायो

216 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले अन्तिम तथा पाँचौं ओडिआई खेलमा घरेलु टोली पाकिस्तानलाई ४७ रनले हराएको छ । सिरिज भने न्युजिल्यान्डले १-४ ले गुमाएको छ । अन्तिम खेलमा जितका साथ न्युजिल्यान्ड क्लिनस्वीप हार हुनबाट बचेकोछ ।

जितको लागि ३ सय रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४६.१ ओभरमा २ सय ५२ रनमा अल आउट भयो । पाकिस्तानका इफ्तिखर अहमद ७२ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ९४ रनमा अविजित रहे । अघा सलमान ५७ बलमा ६ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । एक समय ६६-४ को अवास्थामा पुगेको पाकिस्तानलाई पाँचौं विकेटका लागि अघा सलमान र इफ्तिखर अहमदले ९७ रनको साझेदारी गर्दै जितको आशा कायम राखेका थिए ।

उस्मा मिर २०, शादब खान १४, ओपनर फखार जमान ३३, शन मसुद ७, बाबर आजम १ र मोहम्मद रिजवान ९ रनमा आउट भए । न्युजिल्यान्डका हेनरी शिफ्लेले ९ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । रचिन रविन्द्रले १० ओभरमा ६५ रन खर्चेर ३ विकेट लिए । एडम मिल्ने, म्याट हेनरी र ईश सोधीले समान एक विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्ड ४९.३ ओभरमा २ सय ९९ रनमा अल आउट भयो । न्युजिल्यान्डका विल योंग ९१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ८७ रनमा आउट भए । कप्तान टम लाथम ५८ बलमा ५ चौकासहित ५९, हेनरी निकोलस २३, मार्क च्यापम्यान ४३ र रचिन रविन्द्र २८ र एडम मिल्ने ४ रनमा आउट भए ।

पाकिस्तानका शाहिन अफ्रिदीले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । उस्मा मिर र शादब खानले समान दुई विकेट लिए । फखार जमान प्लेयर अफ द सिरिज चुनिए । हेनरी शिफ्ले खेलको प्लेयर अफ द म्याच चुनिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.