1 year ago
May 10, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई मध्यम लक्ष्य दिएको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको चेन्नईका ६ ब्याटरले २० रन पार गरेपनि २५ रन कटाउन सकेनन् । निर्धारित २० अोभरमा चेन्नईले ८ विकेट गुमाउँदै १ सय ६७ रन जोड्यो । अन्त्यतिर कप्तान महेन्द्र सिंह धोनीले आक्रामक ब्याटिङ गर्दै चेन्नईलाई राम्रो योगफल सम्म पुर्याएका थिए ।
धोनीले अन्तिम अोभरमा आउट हुनुअघि १ चौका र २ छक्कासहित २० रन प्रहार गरे । रुतुराज गायक्वाद २४, अजिङ्क्या रहाने २१ र शिवम दुवे सर्वाधिक २५ रनमा आउट भए । अम्बटी रायुडु २३ र रविन्द्र जडेजाले २१ रनको योगदान दिए ।
दिल्लीका लागि मिसेल मार्सले २ तथा अक्षर पटेलले २ विकेट हात पारे ।
October 9, 2024
एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो । भारतको दिल्लीमा भएको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]
October 9, 2024
एजेन्सी – स्कटल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । बुधवार समूह ‘बी’ मा दक्षिण अफ्रिकासँग ८० रनको अन्तरमा पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो । १ सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७.५ ओभरमा अल आउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि काथरेनी […]
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना हुने १९औं द हङकङ क्रिकेट सिक्सेसमा बलियो नेपाली टोलीले सहभागिता जनाउने भएको छ । नेपालको मुख्य टोली अमेरिकामा विश्वकप लिग टुको खेलमा व्यस्त रहने हुँदा दोस्रो रोजाइको बलियो नेपाली टोली प्रतियोगिताका लागि पठाइने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । ‘हाम्रो मुख्य टोली त्यस समयमा अमेरिकामा हुने विश्वकप […]