3 years ago
May 11, 2023
एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

चेन्नईले दिल्लीलाई २७ रनले हराउँदै सिजनको सातौं जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र जोड्न सक्यो । कप्तान डेविड वार्नर दोस्रो बलमै खाता नखोली आउट हुँदा दिल्ली समस्यामा परेको थियो । दिल्लीका लागि राइली रुसोले सर्वाधिक ३५ रनको योगदान दिए ।
चौथो विकेटका लागि रुसो र मनिष पाण्डेले ५९ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेपनि अन्य ब्याटर क्रिजमा टिक्न नसक्दा दिल्ली पराजित हुन पुग्यो । बायाँ हाते स्पिनर रविन्द्र जडेजा र मोइन अलीले कसिलो बलिङ गर्दा दिल्ली पराजित हुन पुग्यो । जडेजाले ४ ओभरमा १९ रन खर्चेर रुसोको विकेट लिए । अलीले ४ ओभरमा मात्र १६ रन खर्चिए । दिल्लीका लागि मनिष पाण्डेले २९ बलमा २७, फिल साल्टले १७ र अक्षर पटेलले २१ रनको योगदान दिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० अोभरमा चेन्नईले ८ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । चेन्नईका ६ ब्याटरले २० रन पार गरेपनि २५ रन कटाउन सकेनन् । अन्त्यतिर कप्तान महेन्द्र सिंह धोनीले आक्रामक ब्याटिङ गर्दै चेन्नईलाई राम्रो योगफल सम्म पुर्याएका थिए ।
धोनीले अन्तिम अोभरमा आउट हुनुअघि १ चौका र २ छक्कासहित २० रन प्रहार गरे । रुतुराज गायक्वाद २४, अजिङ्क्या रहाने २१ र शिवम दुवे सर्वाधिक २५ रनमा आउट भए । अम्बटी रायुडु २३ र रविन्द्र जडेजाले २१ रनको योगदान दिए । दिल्लीका लागि मिसेल मार्सले २ तथा अक्षर पटेलले २ विकेट हात पारे ।
यस जितसँगै चेन्नई १२ खेलमा १५ अंक जोड्दै दोस्रो स्थानमा छ । शीर्षस्थानको गुजरातले ११ खेलमा १६ अंक जोडेको छ । दिल्ली भने ११ खेलमा ८ अंकसहित पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]