3 years ago
May 12, 2023
एजेन्सी – सूर्य कुमार यादव (स्काई) ले आक्रामक शतक प्रहार गरेसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई २ सय १९ रनको विशाल लक्ष्य दिएको छ ।

स्काईले इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै शतक पूरा गर्दा मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १८ रन जोड्यो । आइपिएल करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा स्काईले ४९ बलमा १ सय ३ रनको योगदान दिए । उनले यसक्रममा ११ चौका र ६ छक्का प्रहार गरेका थिए । उनले ३२ बलमा अर्धशतक पूरा गरेका थिए ।
कप्तान रोहित शर्मा सातौं ओभरको पहिलो बलमा आउट भएपछि स्काई ब्याटिङमा आएका थिए । रोहितले १८ बलमा ३ चौका र २ छक्काको मदतले २९ रन जोडे । सोहि ओभरमा इशान किशन पनि राशिद खानको शिकार बने । २० बलमा ३१ रन जोडेका इशानले ४ चौका र १ छक्का प्रहार गरे ।
नेहाल वाधेराले ७ बलमा १ चौका र १ छक्कासहित १५ रन जोड्दा विष्णु विनोदले समान २-२ चौका र छक्कासहित २० बलमा ३० रन बनाए । राशिद खानले गुजरातका लागि ४ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]