2 years ago
May 15, 2023
हिमाल खरेल, बिर्तामोड
झापाको बिर्तामोडमा यसै साता प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जेठ ६ गते हुने प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
प्रतियोगितामा सहभागिताको लागि आइतबार सम्म १७ वटा टिमले नाम दर्ता गराइसकेको प्रतियोगिता संयोजक विशाल अग्रवालले जानकारी दिए । प्रतियोगितामा बिर्तामोड नगरभित्रका व्यावसायिक तथा सामाजिक संस्था सहभागी हुन पाउने छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैया पाउने समिति अध्यक्ष विकास गिरीले जानकारी दिए ।
त्यस्तै, खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई ५ हजार १ सय रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार १ सय रुपैयाँ पाउने छन् । प्रतियोगितामा हिट बोर्डको व्यवस्था गरी विभिन्न प्रकारको आकर्षक पुरस्कार राखिएको छ ।
अध्यक्ष गिरीका अनुसार प्रतियोगिताको फाइनल खेल साँझमा खेलाइनेछ । त्यसका लागि फ्लर्ड लाइटलगायतका आवश्यक व्यवस्थापन मिलाइएको समिति सचिव बिसन लिम्बूले बताए ।
फुटबल प्रशिक्षक र खेलाडीलाई सम्मान
प्रतियोगिताको अवसरमा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटुवाल, राष्ट्रिय फुटबल खेलाडी निशान खड्का र अभिषेक बराललाई सम्मान गरिने भएको छ । कटुवाल बिर्तामोड १० का बासिन्दा हुन् भने खड्का र बराल बिर्तामोड ५ का हुन् । जेठ ७ गते हुने प्रतियोगिताको समापन समारोहमा चर्चित कुटुम्ब ब्यान्डको प्रस्तुति रहनेछ ।
February 12, 2025
एजेन्सी – स्टिभ स्मिथको कप्तानीमा आगामी साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार स्मिथको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम अस्ट्रेलियन टोलीमा रहेका छैनन् । प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्श […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]