3 years ago
May 16, 2023
एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको उत्कृष्ट ब्याटिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६३ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । लखनऊका मार्कस स्टोइनिस ४७ बलमा ४ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित रहे ।
कप्तान क्रुनाल पान्ड्या ४२ बलमा १ चौका र १ छक्कासहित ४९ रनमा रिटायर्ट आउट भए । लखनऊको सुरुवात नै खराब रहँदा खुलेर खेल्न सकेन । तीव्र गतिका बलर जेसन बेहर्नडोर्फले ओपनर दीपक हुडालाई टिम डेविडबाट ५ रनमा क्याच आउट गराए । स्पिनर पियुष चवालाको बलमा क्विन्टन डि कक १६ रनमा विकेटकिपर ईशान किशनबाट क्याच आउट भए ।
बेहर्नडोर्फले प्रेरक माङ्कडलाई गोल्डेन डक पेभेलिएन फर्काएका थिए । एक समय लखनऊ ६.१ ओभरमा ३५-३ को खराब अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि पान्ड्या र स्टोइनिसले ५९ बलमा ८२ रनको साझेदारी गरेका थिए । स्टोइनिसले १८ औं ओभरमा तीव्र गतिका बलर क्रिस जोर्डनलाई तीन चौका र दुई छक्कासहित कुल २४ रन जोड्दै प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढाएका थिए ।

एक समय स्टोइनिस ३५ बलमा ४५ रन बनाउँदै क्रिजमा थिए । तर १८ औं ओभरको पहिलो बलमा क्रिस जोर्डनलाई छक्का प्रहार गर्दै ब्याटिङ शैली परिवर्तन गरेका थिए ।
निकोलस पुरन ८ बलमा १ चौकासहित ८ रनमा नटआउट रहे । मुम्बईका जेसन बेहर्नडोर्फले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । पियुष चवालाले ३ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]