3 years ago
May 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बाणिज्य बैंकले एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठक र बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठबीच बुधबार भेटवार्ता भएको थियो ।

प्रिमियर कपमा रहेका १४ र ४ वैकल्पिक खेलाडी गरि कुल १८ खेलाडीलाई बाणिज्य बैंकले जनही एक लाख रुपैयाँ दिने भएको छ । त्यस्तै टोलीका मुख्य प्रशिक्षक सहित अन्य सबै अफिसललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ ।
पाठकले आगमी दिनमा दीर्घकालिन रुपमा अघि बढ्ने छलफल समेत भएको बताएका छन् । ‘हामी दीर्घकालिन रुपमा अघि बढ्ने छलफल पनि भएको छ । वहाँहरु पनि सकरात्मकनै हुनुन्छ । आगमी दिनमा सम्झौता गरेर अघि बढ्छौं होला’, पाठकले हाम्रो खेलकुदसँग भने ।
सरकारले भने प्रिमियर कप विजेता टोलीका हरेक सदस्य खेलाडी र मुख्य प्रशिक्षक मोन्टि देशाईलाई जनही ६ लाख दिने घोषणा गरेको थियो । त्यस्तै टोलीका अन्य व्यवस्थापक र साहयक प्रशिक्षकहरुलाई भने समान तीन लाख दिने भएको छ ।
नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको थियो।
एसिया कप २०२३ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]