default_image

1 year ago

May 17, 2023

नेपालले दक्षिण अफ्रिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेल्ने

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने बताएका छन् ।

‘अभ्यास खेलको लागि दक्षिण अफ्रिकासँग कुरा गरेका छौं । हामीले एउटा ए टिम दिनपर्यो भनेका छौं । वहाँहरु सकरात्मक नै हुनुन्छ । त्यो नभए पनि स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग वार्मअप खेल्ने कुरा भएको छ’, पाठकले हाम्रो खेलकुदसँग भने ।

ओडिआई हुँदा खर्च बढ्ने हुँदा अभ्यास खेल हुने पाठकले बताए । ‘ओडिआई चाहिँ नहुने भयो । ओडिआई हुँदा खर्च बढ्ने रहेछ । दक्षिण अफ्रिकामा नेपालको बसाई १० देखि १२ दिनको हुनेछ’, उनले भने ।

१० टोली सहभागी विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । नेपाल मे अन्तिममा जिम्बावे जानेछ । विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् ।

यी १० टोलीलाई आइसिसीले दुई समूह विभाजन गर्नेछ। हालसम्म आइसिसीले समूह विभाजन गरेको छैन । श्रीलंका र वेस्टन्डिज फरक समूहमा हुने पक्कापक्की छ। चाँडैनै समूह विभाजन गर्नेछ। हरेक समूहमा पाँच टोली हुनेछन् ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.