3 years ago
May 17, 2023
एजेन्सी – शीर्षक्रमका बायाँ हाते ब्याटर राइली रोसोउको विष्फोटक ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६४ औं खेलमा पन्जाब किंग्सलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ । धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनायो ।

दिल्लीका राइली रोसोउ ३७ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८२ रनमा नटआउट रहे । दिल्लीलाई ओपनर पृथ्वी शा र डेविड वार्नरले पहिलो विकेटका लागि १०.२ ओभरमा ९४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । साम करनको बलमा वार्नर शिखर धवनबाट ४६ रनमा क्याच आउट भए । वार्नरले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
पृथ्वी शा ३८ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । प्लेअफ दौडबाट बाहिरि सकेको दिल्लीलाई शालाई आजको खेलमा मौका दिएको थियो । सुरुवाती समय राम्रो गर्न नसकेपछि दिल्लीले उनलाई बेन्चमा राख्ने निर्णय लिएको थियो । तेस्रो विकेटका लागि फिलिप साल्ट र रोसोयले ५ ओभरमा ६५ रनको अविजित साझेदारी गरेका थिए ।
पन्जाबका साम करनले ४ ओभरमा ३६ रन खर्चेर२ विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् । दिल्लीले अन्तिम १२ बलमा ४१ रन जोडेको थियो ।
१९ औं ओभरमा नाथन एलिसले १८ र अन्तिम ओभरमा हरप्रीत ब्रारले २३ रन खर्चेका थिए । प्लेअफ खेल्ने आशा कायमै राख्न पन्जाबले यो खेल जित्नै पर्ने हुन्छ । दिल्ली प्लेअफ दौडबाट बाहिरि सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]