default_image

3 years ago

May 18, 2023

लिभिङस्टोनको सानदार ब्याटिङका बाबजुद पन्जाब पराजित

242 views

0 Bookmark

एजेन्सी – इंग्लिस ब्याटर लियाम लिभिङस्टोनको सानदार ब्याटिङका बाबजुद पन्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६४ औं खेलमा दिल्ली क्यापिटल्ससँग १५ रनले पराजित भएको छ । यो हारसँगै पन्जाबको प्लेअफ सम्भावना अंक गणीतिय मात्रै बाँकी रहेकोछ ।

जितको लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । पन्जाबका लिभिङस्टोनले ४८ बलमा ५ चौका र ९ छक्कासहित सर्वाधिक ९४ रन बनाएपनि टोलीको जित दिलाउन सकेनन् । त्यस्तै अथर्व टाडेले ४२ बलमा ५ चौका र २ छक्कासहित ५५ रनमा रिटार्यहर्ट आउट भएका थिए । अन्य कुनैपनि पन्जाबी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सुस्त सुरुवात पन्जाबको लागि भारी पर्यो । सुरुवाती तीन ओभरमा १० रन मात्रै बनाएको थियो । पन्जाबका ओपनर प्रभसिम्रन १९ बलमा ४ चौकासहित २२, शाहरुख खान ६, साम करन ११, शिखर धवन, जितेश शर्मा र हरप्रीत ब्रार डक आउट भए ।

दिल्लीका ईशान शर्मा र एनरिच नोर्कियाले समान दुई विकेट लिए । खलिल अहमद र अक्षर पटेलले समान एक विकेट लिए ।

त्यसअघि हिमान्चल प्रदेशको धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । दिल्लीको जितमा शीर्षक्रमका ब्याटर राइली रोसोउ ३७ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८२ रनमा नटआउट रहँदै प्लेयर अफ द म्याच चुनिए ।

दिल्लीलाई ओपनर पृथ्वी शा र डेविड वार्नरले पहिलो विकेटका लागि १०.२ ओभरमा ९४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । साम करनको बलमा वार्नर शिखर धवनबाट ४६ रनमा क्याच आउट भए । वार्नरले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

पृथ्वी शा ३८ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । तेस्रो विकेटका लागि फिलिप साल्ट र रोसोयले ५ ओभरमा ६५ रनको अविजित साझेदारी गरेका थिए । पन्जाबका साम करनले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् । दिल्लीले अन्तिम १२ बलमा ४१ रन जोडेको थियो ।

पन्जाब १३ खेलमा ६ मा जित र ७ मा हारसहित १२ अंकका साथ आठौं स्थानमा छ । पन्जाबले अन्तिम खेल शुक्रबार राजस्थान रोयल्ससँग खेल्नेछ । दिल्लीले अन्तिम खेल शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । दिल्ली १३ खेलमा ५ मा जित र ८ मा हारसहित नवौं स्थानमा रहँदै बाहिरिएको छ । पन्जाब प्लेअफ अन्तिम खेलमा फराकिलो जितका साथै बेंगलोर, कोलकाता र मुम्बईले बाँकी खेल हार्नुपर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.