default_image

2 years ago

May 18, 2023

इपिएलले पैसा नदिएपछि चितवनले मुद्दा फिर्ता लिएन

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) बाट आफूले पाउनु पर्ने पैसा नदिएको भन्दै फ्रेन्चाइज टोली चितवन टाइगर्सले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) विरुद्ध दायर गरेको मुद्दा फिर्ता नलिने भएको छ ।

इपिएल र बाँकी पाँच फ्रेन्चाइज टोलीले मुद्दा फिर्ता लिएपनि चितवनले भने नलिने जनाएको छ । चितवनले आफूहरुले पाउनुपर्ने रकम नपाएको कारण मुद्दा फिर्ता नलिएको हाम्रो खेलकुदलाई जानकारी दिएको छ ।

‘इपिएलका प्रमुख आमिर अख्तरले पैसा दिन बाँकी रहेकै कारण हामीले मुद्दा फिर्ता नलिएको हो । पैसा कसैलाई पनि दिएका छैनन् । कति पैसा पाउने नै ठ्याक्कै थाहा छैन । टिकट लगायतको पैसा कसैलाई पनि दिएको छैन’, चितवनकी अप्रेशन डाइरेक्टर बिनिता चौधरीले हाम्रो खेलकुदसँग भनिन् ।

‘पहिला ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजले मात्रै मुद्दा फिर्ता लिने मात्रै कुरा गरेका थिए । अरुहरुले मुद्दा फिर्ता नलिने भनेका थिए । पछि अख्तरको के बुझाईले मुद्दा फिर्ता लिए । हामीले सुरुदेखि नै आर्थिक रुपमा सबै छिनोफानो नहुँदासम्म मुद्दा फिर्ता नलिने भनेर अख्तरलाई भनेका थियौं’, चौधरीले भनिन् ।

यता इपिएलमा प्रमुख आमिर अख्तरले चाँडैनै उक्त पैसा दिने बताए । ‘ब्रोडकाष्टको पैसा क्लियर भएको छैन । अबको १ हप्ता-१० दिनमा हामी पठाउँछौं’, उनले भने । गत चैतमा ६ फ्रेन्चाइज टोलीले इपिएललाई गेट टिकेट र ब्रोडकास्टिङ वापतको रकम यथाशिघ्र उपलब्ध गराई हिसाब मिलान गर्न संयुक्त रुपमा पत्र बुझाएका थिए ।

क्यानले नेपाल टि२० लिग आयोजना गर्ने भएपछि आफूहरुले पनि इपिएल गर्न पाउनु पर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । क्यानले नेपाल टि२० लिग भारतीय कम्पनी सेभेन थ्रीलाई ८ वर्षका लागि ३३ करोडमा ठेक्का दिएको थियो । यता नेपाल टि२० लिगमा म्याच, स्पट फिक्सिङ र अपार्दशिता लगायत विभिन्न विवाद उत्पन्न भएका भएपछि क्यानले गत माघमा सम्झौता रद्द गरेको थियो । क्यानले मुद्दा फिर्ता लिन इपिएललाई आग्रह गर्ने जनाएको थियो ।

क्यानले इपिएल आयोजना गर्न दिने भएपछि मुद्दा फिर्ता लिएको अख्तरले बताए । ‘क्यानले हामीलाई १५/२० दिन अघि एउटा चिठी दिएको छ । हामी इपिएल आयोजना गर्न तयार छौं । पहिला जस्तै चाहन्छौ भने मुद्दा फिर्ता लिनुस भनेको थियो । सेभेन थ्री स्पोर्ट्ससँग वहाँहरुको सम्झौता सकियो । त्यो सम्झौता अनुसार अरु फ्रेन्चाइज लिग गर्न नपाउने भन्ने थियो । आएको चिठ्ठी हामीले वकिललाई देखायौं । किन लडाई झगडा गर्ने भनेर मुद्दा फिर्ता लिएका छौं’, अख्तरले भने ।

त्यसैमा उनले थपे, ‘इपिएल कसरी गर्ने कुरा भएको छैन । प्रक्रियामा नै छ । क्यानले हामीलाई यो गर्न मिल्ने वा नमिल्ने भनेपछि हामी स्पष्ट रुपमा भन्नेछौं ।’

यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टि२० लिग पहिलो प्राथमिकतामै रहने बताए । ‘इपिएल कुन मोडालिटीमा गर्ने भन्ने हो । क्यानले नेपाल टि२० लिग वा नेपाल प्रिमियर लिग गर्छ । दोस्रो प्राथमिकतामा अन्य लिग हुन्छन्’, चन्दले भने ।

त्यसैमा चन्दले थपे, ‘मुद्दा फिर्ता लिएपछि छलफल गरेर कुन स्तरको गर्ने भनेर हामी चिठ्ठी दिएका थियौं । कति विवाद कायम राख्ने भनेर आग्रह गरेका थियौं । मुद्दा फिर्ता लिएपछि छलफल गरेर टुङ्गो लगाउने गरि पत्र लेखेका थियौं । के आधारमा फिर्ता लिएको छ पछि छलफल गरेर टुंगो लगाउँछौं ।’

April 27, 2025

लखनउलाई मुम्बईको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – ओपनर रायन रिकोन्टन र सूर्यकुमार यादवको अर्धशतकमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई २ सय १६ रनको चुनौती पेश गरेको छ। लेखनउले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले ७ विकेटको नोक्सानीमा २ सय १५ रन बनाएको छ । पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका ओपनर रोहित शर्मा १२ रन बनाएर […]

April 26, 2025

पन्जाबका दुई खेलाडीको अर्धशतक

जेन्सी – ओपनर प्रियांस एय्यर र प्रभश्रीमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) कोलकाता नाइट राइडर्सलाई‌ २ सय २ रनको लक्ष्य दिएको छ। टस जितेर पन्जाबले ब्याटिङ रोजेको थियो। प्रियांसले ६९ र प्रभश्रीमनले सर्वाधिक ८३ रन बनाए । पन्जाब ले ४ विकेटको नोक्सानीमा २ सय १ रन बनाएको छ।

April 26, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकाता नाइट राइडर्सलविरुद्धको खेलमा टस जितेको छ। पन्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको‌ छ। ८ खेलमा १० अंकसहित पन्जाब पाँचौं र ६ अंकका साथ कोलकाता सातौं स्थानमा छ।

Success

Thank you for your time.