3 years ago
May 18, 2023
एजेन्सी – मध्यक्रमका विकेटकिपर हेनरिक क्लासेनको शतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनायो ।

हैदराबादका विकेटकिपर हेनरिक क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनको यो आइपिएल करिअरको पहिलो शतक हो । हर्षल पटेललाई १९ औं ओभरको तेस्रो बलमा छक्का हान्दै उनले ४९ बलमा शतक पूरा गरेका थिए । उनी शतक प्रहार गरेको दुई बलपछि बोल्ड आउट भएका थिए ।
चौथो विकेटका लागि ह्यारी ब्रुक र हेनरिक क्लासेनले ३६ बलमा ७४ रनको साझेदारी गरेका थिए । ब्रुक १७ बलमा २ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे ।
त्यसपघि कप्तान एडेन माक्ररम र क्लासेनले तेस्रो विकेटका लागि ५० बलमा ७६ रनको साझेदारी गरेका थिए । माक्ररम २० बलमा १८ रनमा आउट भए । ओपनर अभिषेक शर्मा ११ र राहुल त्रिपाठी १५ रनमा आउट भएका थिए । दुबै ओपनर स्पिनर माइकल ब्रेसवेलको बलमा क्याच आउट भएका थिए ।
बेंगलोरका माइकल ब्रेसवेलले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । हर्षल पटेल र शहबाज अहमदले समान एक विकेट लिए । बेंगलोरलाई प्लेअफमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ । हैदराबाद प्लेअफ दौडबाट बाहिरि सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]