default_image

1 year ago

May 19, 2023

आइपिएलमा पहिलो पटक एकै खेलमा दुवै टोलीका खेलाडीको शतक

129 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक एकै खेलमा दुवै टोलीबाट शतक बनेको छ । बिहीबार राती रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहली र सनराइजर्स हैदराबादका हेनरिक क्लासेनले शतक हानेका थिए।

आइपिएलमा पहिलो पटक दुबै इनिङमा पहिलो पटक शतक प्रहार भएको हो । यसअघि एकै टोलीबाट दुई पटक शतक प्रहार भएको थियो । तर एकै खेलमा दुबै टोलीको शतक भने थिएन । जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य १९.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्न विराट कोहलीले शतक हानेका थिए ।

कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । कोहलीको यो आइपिएल करिअरको छैटौं शतक थियो । उनले क्रिस गेलसँग सर्वाधिक शतकको कीर्तिमान बराबर गरेका छन् ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । हैदराबादका हेनरिक क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । उनको यो आइपिएल करिअरको पहिलो शतक थियो ।

यसअघि सन् २०१६ मा बेंगलोरका एवि डिभिलियर्सले १ सय २९ र विराट कोहलीले १ सय ९ रनको शतकीय इनिङ गुजरात लायन्सविरुद्ध खेलेका थिए । २०१९ मा हैदराबादबाट बेंगलोरविरुद्ध जोनी बेयरस्टाले १ सय १४ र डेविड वार्नरले १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.