default_image

3 years ago

May 19, 2023

ओरेन्ज क्यापमा डु प्लेसिसको मजबुत पकड

361 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सर्वाधिक रन बनाउने ब्याटरले पाउने अवार्ड ओरेन्ज क्यापमा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान फाफ डु प्लेसिसले मजबुत पकड बनाएका छन्।

आइपिएलमा अव लिगको सबै टोलीले समान एक खेल खेल्न बाँकी छ । त्यसपछि पहिलो क्वालिफायर, एलिमिनेटर, दोस्रो क्वालिफायर हुँदै फाइनल हुनेछ । सबै टोलीले समान १३ खेल खेल्दा डु प्लेसिस ७ सय रन कटाउँदै ओरेन्ज क्यापमा आफ्नो दाबेदारी मजबुत बनाएका छन् ।

हाल ओरेन्ज क्याप पनि उनीसँग नै छ । बेंगलोरका डु प्लेसिसले १३ खेलमा ८ अर्धशतकसहित ५५ चौका र ३६ छक्काका साथ ७ सय २ रन बनाउँदै शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा रहेका गुजरातका शुभमन गिलले १३ खेलमा १ शतक र ४ अर्धशतकसहित ५ सय ७६ रन बनाएका छन् । गिल डुप्लेसिस भन्दा १ सय २६ रनले पछि छन् ।

राजस्थान रोयल्सका युवा ब्याटर यशस्वी जैसवाल १३ खेलमा १ शतक र ४ अर्धशतकसहित ५ सय ७५ रनका साथ तेस्रो स्थानमा छन् । बेंगलोरका विराट कोहलीले १३ खेलमा १ शतक र ६ अर्धशतकसहित ५ सय ३८ रनका साथ चौथो स्थानमा छन् ।

अन्य खेलाडीले भने यस सिजनमा ५ सय रन कटाउन सकेका छैनन् । चेन्नई सुपर किंग्सका डेभन कन्वे ४ सय ९८ रनका साथ पाँचौं, मुम्बई इन्डियन्सका सूर्यकुमार यादव ४ सय ८६ रनका साथ छैटौं र सनराइजर्स हैदराबादका हेनरिक क्लासेन ४ सय ३० रनका साथ सातौं स्थानमा छन् । क्लासेनले भने ११ खेलमा १ शतक र २ अर्धशतक प्रहार गरेका छन् ।

आइपिएलमा डेविड वार्नर सर्वाधिक तीन पटक ओरेन्ज क्याप जित्ने खेलाडी हुन् । वार्नरले हैदराबादबाट २०१५ मा ५ सय ६२ रन, २०१७ मा ६ सय ४१ रन र २०१९ मा ६ सय ६२ रनका साथ ओरेन्ज क्याप जितेका थिए ।

आइपिएलमा एकै सिजनमा सर्वाधिक रन बनाउने कीर्तिमान विराट कोहलीको नाममा छ । कोहलीले २०१६ मा ९ सय ७३ रनका साथ ओरेन्ज क्याप जितेका थिए ।

गतवर्ष राजस्थान रोयल्सका जस बटलरले ८ सय ६३ रनका साथ ओरेन्ज क्याप जितेका थिए । बेंगलोरबाट क्रिस गेलले २०११ र २०१२ मा लगातार ओरेन्ज क्याप जितेका थिए । लगातार दुई सिजन ओरेन्ज क्याप जित्ने उनी एक्लो खेलाडी हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.